2026-09-12 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या

माघ ३, भजनी | कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव  मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ । सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा आयोजनाले काम गर्दै आए पनि ढलका लागि निर्माण हुने नालीको लाइन र खानेपानीको लाइन एउटै ठाउँमा परेकाले  समस्या देखिएको हो ।  नगरपालिकाले  देखाएको क्षेत्रमा नाली निर्माणको काम गरिएको बताउँदै उक्त आयोजनाका परामर्शदाता अरुण रोस्याराले खानेपानीको लाइनका कारण नाली निर्माणमा समस्या देखिएको छ भन्नुभयो । 

खानेपानीको पाइप निर्माणका बेला टुटफुट भए मर्मतसम्भारका लागि रु १५ लाख बजेट छुट्याइए पनि खानेपानीको पाइप नै सारेर नाली निर्माण गर्नुपर्नेमा  त्यस्तो योजना नबनाइएकाले  नाली निर्माणमा समस्या देखिएको उहाँको भनाइ थियो  ।“नगरपालिकाले देखाएको जुन लाइन छ त्यसैलाई आधार मानेर हामिले नाली निर्माण गर्ने हो । टीकापुरको पुरानो योजनालाई ध्यान दिएर नाली निर्माण गर्नुपर्दा त्यहीँ ठाउँमा खानेपानीको पाइप पनि परेको छ ।” परामर्शदाता अरुणले भन्नुभयो,“यसमा हाम्रो कुनै कमजोरी छैन । जस्तो डिजाइनमा छ, त्यहीँबमोजिम हामीले काम गर्ने हो ।” उहाँले नाली निर्माण गर्दा  सडकको बीचमा परेमा  मात्रै कल्भर्ट निर्माण गरिने र सामाग्री ल्याउँदा भत्किएको संरचना पनि आयोजनाले नै नबनाउने बताउनुभयो ।

खानेपानीको पाइप लाइन बीचमा पारेर नाली निर्माण गर्न थालेपछि स्थानीयवासीले विरोधसमेत गरेका थिए । उनीहरूले नाली निर्माण गर्दा पाइपलाइन बीचमा भएको अवस्थामा भोलिका दिनमा पाइप टुट्फुट भए नाली नै भत्काउनुपर्ने परिस्थिति आउने भन्दै विरोध गरेको स्थानीयवासी रामबहादुर विष्टको गुनासो थियो ।

साथै आयोजनाले नाली खन्दा निस्केको माटो पनि बाहिर लैजाने गरेको भन्दै स्थानीयवासीले आक्रोश पोख्दै आएका छन् । आयोजनाको चरम लापरबाही रहेको अर्का स्थानीयवासी छत्र मल्लले बताउनुभयो । “आयोजनाले ढलान गरेर आरसिसी नाली निर्माण गर्दै जाँदा बाहिरबाट सिमेन्टको लेप मात्र लगाउँदै आएको छ ।” उहाँले भन्नुभयो, “यसरी बाहिरबाट सिमेन्टको लेप लगाएको नाली दीर्घकालीन होला त ? अनि निर्माण कम्पनीले नाली खन्दा निस्केको माटो व्यक्तिको घरमा पु¥याउनाका साथै बिक्रीसमेत गरेको पाइएको छ ।”

नाली विस्तारका लागि विसं २०७७ पुस १५ गते रु ६० करोड ८९ लाख ३ हजार ६५२मा  तुँदी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले २०७९ पुस १५ सम्म आयोजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको तर दीसा पिसाबबाट मल उत्पादन गर्ने उद्देश्यका साथ निर्माण भइरहेको संरचनाको काम भने गत पुस १५ गते नै सम्पन्न गर्नुपर्ने थियो ।

“कोरोनाको सङ्क्रमणका कारण काम ढिलो गरी सुरु भएको र नगरपालिकाले जग्गा उपलब्ध गराउन समय लागेका कारण समयमै काम सम्पन्न गर्न सकिएन ।” उक्त कन्स्ट्रक्सनका म्यानेजर उदय पोख्रेलले भन्नुभयो, “तीन महिना म्याद थप भएको छ ।  अहिले ९० प्रतिशत काम सम्पन्न पनि गरिसकेका छौ । थप समय चैत १५ सम्म भएका कारण काम सम्पन्न हुनेमा कुनै शङ्का छैन ।” उहाँले निर्माण हुँदै गरेको यस आयोजनाबाट दैनिक नौ टनसम्मको मलमुत्र सङ्कलन गरी  त्यसबाट मल उत्पादन गरिने र बाँकी पानीलाई प्रशोधन गरेर जमरा कुलोमा मिसाइने बताउनुभयो ।

अहिले स्थानीयवासीको शौचालयमा जम्मा भएको मलमुत्र व्यवस्थापनका लागि ठाउँ नहुँदा कतिपयले आफ्नै खेतबारीमा त कतिपयले घर नजिकै रहेका कुलाको पानीमा मिसाउँदै आएका छन् । आयोजनाका म्यानेजर पोख्रेलले  ढल निर्माणको काम पनि समयमै सम्पन्न गर्ने गरी काम हुँदै आएको र  कुनै अवरोध नभए  काम समयमै सम्पन्न हुने जानकारी दिनुभयो । नेपाल सरकारको ७५ प्रतिशत र टीकापुर नगरपालिकाको १५ प्रतिशत लागत रहेको ढल निकासका लागि २९ किलोमिटर लामो नाली निर्माण हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस