Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रक्सी खाएर स्थानीयसँग झगडा गरेका मेजर बर्खास्त

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ६, काठमाडौँ | </b>कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् ।<br></p><p>सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । गत २१ कात्तिकमा उनले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए ।</p><p>कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो । उनले सुरुमा ग्राहकसँग झगडा गरेका थिए । त्यसपछि उनी ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न गएका थिए ।</p>