माघ १३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ मृत फेला परेका छन् ।

प्रहरी हवल्दार रमेशदत्त जोशी बिहीबार आफ्नै कोठामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले जोशी धनगढी उपमहानगरपालिका–३ स्थित घरमा मृत फेला परेको जनाएको छ । प्रहरीका अनुसार, उनी घरमा एक्लै थिए ।

हिटर बालेर सुतेकाले त्यसकै कारण उनको मृत्यु भएको आशंका छ । तर यकिन भइसकेको छैन ।

मृत भेटिए मन्त्रीका पिएसओ प्रहरी हवल्दार
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment