२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि छेक्दैन

२०७८, २० माघ बिहीबार १०:०२

माघ २०, कञ्चनपुर | कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उहाँलाई रुचि भएन । त्यसैले पिठ्युमा कालो झोला बोक्दै सेतो छडीको सहारामा बजार र ग्रामीण क्षेत्रमा करनले ठूलो स्वरमा कराएर अगरबत्ती बेच्दै आउनुभएको छ । यसरी दैनिक ठूलो स्वरमा चिच्याएर सबैलाई आग्रह गरेर बत्ती बेच्ने उहाँको नियमितता भइसकेको छ  ।

स्थानीय बासिन्दाले प्राय साउदबाटै अगरबत्ती किन्ने गरेकाले त्यसबाट प्राप्त आम्दानीले परिवारका साथै आफ्नो पनि दैनिक  खर्चको जोहो गर्दै आउनुभएको छ । काठमाडौँमा रहेको उज्यालो दृष्टिविहीन प्रगति समूहले उत्पादन गरेको अगरबत्ती करनले बेच्दै आउनुभएको हो । उक्त समूहले उत्पादन गरेको अगरबत्ती प्रतिबण्डल रु ६२० मा खरिद गरी बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “एक बण्डल बिक्री भए दोब्बर बढी फाइदा हुन्छ”, करनले भन्नुभयो, “घरबाट बिहानै निस्कन्छु र साँझ अबेर घर फर्कने गरेकोे छु । कुनै दिन पूरै बण्डल अगरबत्ती बिक्री हुन्छ । कुनै दिन थोरै हुन्छ । घरको खर्च यसबाटै चलेको छ ।”

“चिसो छ भनेर घरभित्रै बस्नु भएन । काम नगरी कमाइ हुँदैन । चिसोको पर्वाह नगरी बजार र ग्रामीण क्षेत्रमा झोलामा अगरबत्ती राखेर निस्कने गरेको छु । अगरबत्ती आवश्यक भएकाले सडकमा कराएको आवाज  सुनेपछि बोलाएर खरिद गर्छन् । हामीलाई माया चाहिएको छैन । कामको सम्मान मात्र गरिदिए पुग्छ”, उहाँको भनाइ थियो ।

“अपाङगता छ भनेर घरभित्रै गुम्सिएर बस्नु हुँदैन”, करनले  भन्नुभयो, “सीप सिकेको छ भने त्यसलाई निखार्दै व्यावसायिक बन्न खोज्नुपर्छ । सीप छैन भने पनि सिक्नु पर्छ । जानेको काम गरे पनि पुग्छ । परिवारको बोझ बन्नु हँुदैन । हामी पनि गर्न सक्छौँ भनेर समाजलाई देखाउनु पर्छ ।” दृष्टिविहीन हुनुपरेकामा आफुलाई चिन्ता नभएको गर्वका साथ बताउनुहुने उहाँले भन्नुभयो मनमा आँट र काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि काम गर्नबाट रोक्न सक्दैन ।

हामीजस्ता अपाङ्गता भएका व्यक्तिमा समेत योग्यता, क्षमता भएको कुरा सबैले बुझेदैनन् । राज्यले समेत अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउन र निर्खान चाहँदैन । त्यसैले पनि हामीभित्र भएको प्रतिभा प्रस्फुटन हुनसकेको छैन । अपाङ्गता भए पनि सपाङ्गभन्दा कुनै कुरामा कम नभएको करनले जोड दिनुभयो । विगत चार महिनादेखि अगरबत्ती बेच्दै आएको र यसबाट आफूले रु छ हजारदेखि रु १० हजारसम्म कमाइ गर्न सकेको उहाँले बताउनुभयो ।

अगरबत्ती ल्याउनका लागि करनलाई काठमाडौँसम्म पुग्न पर्दैन । शुक्लाफाँटा नगरपालिका–१० झलारीका दृष्टिविहीन इन्द्र रानाले काठमाडौँबाट अगरबत्ती मगाउने गर्नुभएकामा उहाँबाटै करनले पनि  अगरबत्ती खरिद गरी बेच्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “आफ्नो मुहार त म देख्न सक्दिनँ तर देख्न नसक्ने यो मुहारलाई उज्यालो भएको महसुस गर्ने सपना  पूरा गर्नका लागि प्रयासरत छु । आफ्नै खुट्टामा उभिएर स्वाभिमानका साथ उभिने लक्ष्य पूरा गर्न यो संसार नछाडुञ्जेल जारी राख्छु ।” अपाङ्गता भएका व्यक्तिलाई समेत करनले स्वरोजगार भएर बाँच्नुपर्ने सुझाव दिँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ