2026-09-12 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिम प्रदेशको सवारीसाधन दुर्घटनामा वृद्धि

फागुन २५, डडेल्धुरा । चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेको छ । सो दुर्घटनामा ८६ पुरुष, १९ महिला र आठ बालबालिका गरी कुल ११३ जनाले ज्यान गुमाएका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका अनुसार सो अवधिमा दुर्घटनामा १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गरी कुल २४४ जना गम्भीर घाइते तथा २७८ पुरुष, ६६ महिला र २५ बालबालिका गरी कुल ३६९ जना समान्य घाइते भएका छन् । त्यस्तै सो अवधिमा दुर्घटनामा परेर प्रदेशभर २७ चौपायाको मृत्यु र सात घाइते भएका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले दुर्घटनाका प्रमुख कारण तीव्रगति, ओभरटेक, चालक निदाउँदा, मोबाइलको प्रयोग र मापसे रहेको जानकारी दिनुभयो । दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको उहाँको भनाइ छ । पुरानो गाडी, ब्रेक नलाग्ने, टायर पन्चर, यान्त्रिक गडिबडीका कारण पनि दुर्घटना बढेको बताइएको छ । 

यसैगरी सवारी साधनमा झुण्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकाल्ने र जथाभावी बाटो काटने तथा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि दुर्घटना बढेको उहाँको भनाइ छ । सडकमा देखिएको खाल्टाखुल्टी, घुम्तीमोड, उकाला,ओरालो, जीर्ण कच्ची सडकका कारण पनि दुर्घटना हुने गरेको चालक बताउँछन् । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकसँगै जनचेतनामूलक सन्देश दिँदै आइरहेको भएपनि दुर्घटनामा कमि ल्याउन नसकेको प्रहरी निरीक्षक सिंहको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस