२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

२०७९, ७ बैशाख बुधबार ०८:२६

वैशाख ७, धनगढी | कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।

नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने,' यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’

तर, विद्युत् प्राधिकरणले लाेडसेडिङ नगरेकाे दाबी गरेकाे छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए । प्राधिकरणकाे दाबीलाई अस्वीकार गर्छन् ।  ‘ कैलालीभरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,’  गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, ‘नियमित विद्युत् सुचारु नभएको १५-२० दिन भइसक्यो ।’

उनका अनुसार ‘आघा घण्टा बत्ती आउने र १५–२० मिनेट विद्युत कटौती हुने गरेको छ । ‘यो विद्युत प्राधिकरणको अघोषित लोड सेडिङनै हो, जनतालाई त्यसको सूचना लुकाइएको छ,’ सुनारले भने । 

धनगढी–२ का सुशील जोशीले विद्युत प्राधिकरण व्यापारीसँग मिलेको आरोप लगाउँछन् । व्यापारीका इन्भर्टर बिकाउन प्राधिकरणले गर्मी बढेपछि अघोषित लोडसेडिङ गर्ने गरेको उनको आरोप छ ।

'गर्मीमा झ्याप्प- झ्याप बत्ती कटौती गरेर नागरिकलाई इन्भर्टर किन्न बाध्य पारिँदै छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले व्यापारिलाई फाइदा पुग्ने गरी काम गरिरहेको छ ।’ 

पटक-पटक बिजुली जाने र आउने हुन थालेपछि वैकल्पिक उपकरणको समेत बिक्री बढ्ने र त्यसबाट विद्युत्‌का कर्मचारीले कमिसन खानेगरेको उनको आराेप छ ।

विद्युत प्राधिकरणले गर्मी सुरु भएपछि सधैँ अघोषित लोडसेडिङ गर्ने गरेको धनगढी–५ का अनिल बोहरा पनि बताउँछन् । ‘यसअघिका वर्षहरूमा पनि गर्मी सुरु भएपछि अघोषित लोडसेडिङ हुनेगरेको थियो,’ बोहराले भने, ‘यस वर्ष पनि त्यो समस्या दोहोरिएको छ । कर्मचारीको प्रलोभन र लापरबाहीका कारण यस्तो समस्या आइरहेको छ ।’

बिजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको धनगढीका स्थानीय देवराज अवस्थीले बताए । बिजुली आउने र जाने भइरहँदा पंखा, फ्रिज, बिजुलीका बल्बमा क्षति पुग्ने गरेको उनि बताउँछन् । ‘पछिल्लो समयमा बत्ती आउने–जाने धेरै भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थी लगायत अन्य सबै नगरबासीको दैनिक कष्टकर भएको छ ।’ 

प्राधिकरणले विभिन्न बाहना बनाएर विद्युत् कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरूले समस्या झेल्नु परेको छ भने विद्युत् नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्किल परिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख मण्डल भने विद्युत नियमित सुचारु भएको र कुनै लोडसेडिङ नरहेको बताउँछन् । ‘ठाउँठाउँमा सडक निर्माण भइरहेका कारण लाइनविच्छेद गर्नु पर्ने अवस्था आइरहेको छ,’ उनले भने, ‘कतै फ्यूज जाने हुँदा मर्मत गर्नु पर्दछ, त्यसबेला बिजुली गएको हुन सक्दछ, तर लोड सेडिङ भने छैन ।’

उनले कहिलेकाहिँ चमेलिया विद्युत् आयोजनाबाटै बिजुली कटौती हुने गरेको भन्दै त्यस्ताे अवस्थामा भने केही समस्या हुने गरेको बताए । तर, चमेलियामा पनि मर्मतका लागि मात्र विद्युत् अवरुद्ध हुने गरेको वितरण केन्द्र प्रमुख मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु