Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पर्यटन मन्त्री शाहीद्धारा निर्माणधिन सुनथराली विमान स्थलको अवलोकन

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी/भदौ १७, कालिकोट । विगत ३ दशकदेखि निर्माणाधिन अवस्थामा रहेको कालिकोटको सुनथराली विमान स्थल आफ्नै कार्यकालमा निर्माणकार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता ब्यक्त गरेको एक दिन नवित्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही आज सुनथराली विमानस्थल निरिक्षण गर्न कालिकोट पुग्नु भएको छ ।

३ दशक देखि निर्माणाधिन विमान स्थलको अवस्था र ८ महिनामै काम सम्पन्न गर्न आवश्यक बजेट ब्यवस्थापनका लागि पूर्व अवलोकन गर्न प्राविधिक टोली सहित सुनथराली विमान स्थल पुग्नु भएको हो ।

अवलोकनको शिलशिलामा काठ्माण्डौबाट फिस्टेहेलिकोप्टर मार्फत मुगुहुदै कालिकोटको सुथराली विमान स्थल पुग्नु भएका शाहीले विमान स्थल आसपासका समुदाय संग प्रत्यक्ष भेटघाट गरी निर्माणधिन विमान स्थलको अवस्था बुझ्न भएको छ ।

३ दशक पहिले बिमान स्थल निर्माणका लागि तत्कालिन प्रतिनिधि सभा सांसद तिलक प्रसाद न्यौपाने र तत्कालिन जिल्ला सभापति दिप बहादुर शाहीको संयुक्त आयोजनामा शिलान्यास गरिए पश्चात हालसम्म पनि निर्माणाधिन विमानको अवस्थाबारे बुझ्न कुनैपनि मन्त्रि विमानस्थल सम्म नपुगेकोमा पहिलो चोटी पर्यटन मन्त्री शाही स्वयम कोटवाडा पुग्नु भएको भन्दै स्थानीयवासीले विमान चट्नपाउने आशा ब्यक्त गरेका छन् ।

सडक संजाल समेत नपुगेको त्यस क्षेत्रमा ८ महिना भित्रै विमान गुड्ने आश्वासन पाएपछि स्थानीयवासीहरुको आपत्कालिन घटनामा परि समयमै उपचार नपाई ज्यान गुमाउने समस्या हट्ने भन्दै स्थानीयवासीले खुशी ब्यक्त गरेका छन् ।

मन्त्रि शाही संग आफ्ना जिज्ञासा राख्दै स्थानीयवासीहरुले विगत केही बर्ष पहिले कालिकोटकै नेता खड्क बहादुर विश्वकर्मा पर्यटन मन्त्रिहुदा जिल्ला परिषदको निहुमा जिल्ला सदरमुकाम मान्म सम्म आई बिभिन्न मेडिया मार्फत आफ्नै कार्यकालको असार मसान्त सम्म टेष्टफ्याइट गरिसक्ने घोषणा गर्नु भएको थियो तर त्यसपछि जिल्ला नै फर्किनु भएन तर हजुर मन्त्रि भएको केही दिनमै विमान स्थल सम्म पुग्नु भएको छ ।

अब कही होला भन्ने आशा जागेको भन्दै विश्वकर्माको जस्तै अवस्था हजुरले ननिम्त्याउन आग्रह गरेका छन् । उनीहरुको जिज्ञासामा शाहीले अब विगत नदोहोरिने गरी कार्ययोजना अगाडी बढाउने विश्वास दिलाउनु भएको छ ।