असार १३, कैलाली | पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ ।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने,’ भण्डारीले भने, ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे ।’हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

लिफ्ट मागेर चढेका ३ जनाले लुटे निजी गाडी
Leave a Comment