भदौ ३, तनहुँ | विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पाल्पा निस्ती गाउँपालिका– ५ घर भई हाल शुक्लागण्डकी–२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको हो ।

बिहीबार बेलुकी गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बेला उक्त दुर्घटनामा चित्रबहादुरकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो भने सख्त घाइते भएकी छन् ।

घाइते भएकोमा बाबु र छोराको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको हो भने भने घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

August 19, 2022
तनहुँ - TNH, समाज
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते
By साझासवाल
2 मिनेट पढाइ