Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भकारीभित्र लुकाएर राखिएकाे ८ लाख भारु बरामद, एक जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, काठमाडौँ | कैलालीस्थित एक स्थानीयको घरबाट प्रहरीले ८ लाख भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो ।

उपमहानगरको फूलबारी क्षेत्रका ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त रकम भारतबाट चोरी गरेर नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले हिराको घरमा गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो ।

कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सो रकम बरामद गरिएको पुष्टि गर्नुभयो । फरार बिक धनगढी उपमहानगरपालिकाको बेहडाबाबा क्षेत्रबाट पक्राउ परेका छन् ।