पढ्न करिब 1 मिनेट लाग्छ

असोज ६, धनगढी | कैलालीमा एक महिलाको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या उनकै श्रीमान शेरबहादुर नामजाली मगरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । तर, हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । शेरबहादुरकै धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ भने १२ वर्षीय छोरा विजय नाम्जाली समान्य घाइते छन् ।

रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।