<p><b>कात्तिक २१, कैलाली |</b> कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।<br></p><p>कैलालको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।</p><p>प्रहरीका अनुसार टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउन रोक्ने क्रममा देवकोटा खड्गचोकमा बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।</p>
November 7, 2022
कैलाली - KLL, समाज
यात्रु चढाउन रोक्ने क्रममा बसबाट खसेर बस मालिकको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ










