कात्तिक २५, काठमाडौँ | चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् ।

वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको हो ।

चितुवाले स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसी आक्रमण गर्दा तुलसा र लक्ष्मी घाइते हुनुभएको हो । उक्त चितुवा कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको थियो।

घाइते हुनुभएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ । न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाइते तीनै जनालाई उपचारका लागि गह«ौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको अस्पतालका वरिष्ठ ल्याब अधिकृत ईश्वर कोइरालाले जानकारी दिनुभयो ।

चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको छ । अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।

November 11, 2022
समाज, स्याङ्गजा - SNJ
घर भित्रै पसी चितुवाले आक्रमण गर्दा स्याङ्जामा तीन घाइते
By साझासवाल
3 मिनेट पढाइ