Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

माछापालनबाट मनग्य आम्दानी

२०७९, २८ मंसिर बुधबार ०९:०१

मङ्सिर २८, कैलाली | कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अगाल्नुभएको छ । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उहाँले उक्त व्यवसाय गरिरहनुभएको हो । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उहाँको बुझाइ रहेको छ । उहाँ नगरपालिकाकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहनुभएको छ । 

“डोटीस्थित निरौली विद्यालयको जग्गा हो । विसं २०७८ मा जग्गाको सम्झौता गरेर काम सुरु गरेका थियौँ’ उहाँले भन्नुभयो “ हामी  दाजुभाइ मिलेर यो काम गरिरहेका छौँ । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौँ, केही अझै निकाल्न बाँकी छ ।”


 उहाँले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताउनुभयो । “यसमा जेसिवी प्रयोग गरेको भए आठदेखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो,“हामीले ट्र्याक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौँ । यसले पोखरी दिगो बन्न मदत गर्छ ।” उहाँले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताउनुभयो । 

उहाँले राजनीतिलाई सेवाका रुपमा बुझी स्वयम् आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय सुरु गरेको बताउनुभयो । २०७८ सालमै सञ्चालनमा ल्याइएको बिपी एग्रिगेट एग्रो फर्ममार्फत उहाँले माछा व्यवसाय सुरु गर्नुभएको हो । नगरप्रमुख हुनु अगावैदेखि सञ्चालनमा ल्याइएको उक्त फर्ममा उहाँले विभिन्न जातका माछा उत्पादन गरी बिक्रिवितरण गर्ने योजना बनाउनुभएको छ । 

“यो सबै जमिनमा माछा पोखरी बनेका छन्, यहाँ प्रायःजसो सबै प्रकारका माछा उत्पादन हुनेछन्’ उहाँले भन्नुभयो,“सानो पोखरीमा हामीले पङगास जातको माछा राखेका छौँ, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई वर्षको दुई पटकसम्म उत्पादन गर्न सकिन्छ ।” उहाँले फागुनदेखि नौ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने बताउनुभयो । 

उहाँले माछाका भुरा पनि आफ्नै ‘स्टक’ राख्ने र आवश्यकपरे बेचबिखन गर्नेसमेत योजना रहेको सुनाउनुभयो । उहाँले त्यसका लागि पाँच पोखरी निर्माण गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा लागेपनि रोजगारी आवश्यक भएकाले कृषि पेसा अगालेको बताउनुभयो । “यो व्यवसाय पनि हो । सामाजिक क्षेत्रमा लागे पनि मान्छेलाई काम त चाहिन्छ । रोजगारको बाटो चाहिन्छ नै । तसर्थ कृषि पेसामा आवद्ध भएको हुँ’ उहाँले भन्नुभयो ।” उहाँले आफ्नो उक्त फर्मबाट स्थानीय १० जनाले रोजगार पाएको बताउँदै विस्तारै उक्त सङ्ख्या बढ्दै जाने बताउनुभयो । 

उहाँले उक्त फर्ममा करिब पौने तीन करोड लगानी लागिसकेको बताउनुभयो । “करिब पौने तीन करोड लगानी लागिसकेको छ, सबै बैंकबाट नै ऋण लिएर हो” उहाँले भन्नुभयो “अझै यसमा लगानी लाग्नेछ । बस्ने र स्टक घर बन्न बाँकी छ । बत्ती, सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार पनि गर्न बाँकी छ ।” उहाँले उक्त माछा पोखरीलाई नै भविष्यमा पर्यटकीयस्वरुप दिने किसिमको योजना सुनाउनुभयो । 

उहाँले कृषि पेसामा सरकारी तबरबाट आवश्यक मात्रामा सहजता हुन नसकेको बताउनुभयो । “म आफै पनि स्थानीय सरकारको नेतृत्व गरिरहेको छु, कृषि पेसामा पनि आवद्ध भएकाले यसका कठिनाई महसुस गरेको छु ” उहाँले भन्नुभयो “यसमा ठूलो लगानी गरेर काम गर्दा त यति समस्या छ भने सानो लगानी गर्नेलाई झन बढी समस्या छ । किसानले अहिले मलखाद पनि नपाएको समस्या छ । त्यसैले हामीले यस क्षेत्रको कृषिलाईमाथि उठाउनका लागि के गर्न सकिन्छ भनेर योजना बनाएका छौँ । त्यही अनुसार अगाडि बढ्छौँ ।”

बजारीकरणको समस्या

भारतबाट अवैध रुपमा भित्रिने माछाका कारण नेपालका माछा व्यवसायीलाई बजारीकरणको समस्या रहेको नगरप्रमुख भट्टले  बताउनुभयो । “अहिले भारतबाट फर्मालिन प्रयोग गरेर अवैध रुपमा नेपालमा माछा भित्रिरहेका छन् । यसले गर्दा यहाँका उपभोक्ताको स्वास्थ्यमा समस्या ल्याइरहेको छ । अवैध रुपमा भारतबाट माछा भित्रिने गरेका कारण यहाँका माछा व्यवसायीले उचित मूल्य पाउन सकेका छैनन्” उहाँले भन्नुभयो । उहाँले अवैध रुपमा भित्रिने वस्तुको रोकथामका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भए पनि नतिजा फलदायी हुन नसकेको बताउनुभयो । 

अवैध रुपमा भित्रिने माछाका कारण यस क्षेत्रका माछा व्यवसायी धरासायी हुने अवस्थामा रहेको उहाँको भनाइ रहेको छ । उहाँले सोही कारण स्थानीय किसानले लगानी नउठ्ने गरी माछा बेच्नुपर्ने बाध्यता रहेको पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश