Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै

२०७९, ६ पुष बुधबार ०३:०१

पुस ६, पर्वत | पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरु डाँडाखर्क । जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके ।

गाउँबाट बसाइँसराइको दर उल्लेख्य बढेपछि अहिले खेतबारी पूरै झाडी र बुटा्यनले भरिएको छ । ढुङ्गाको छानो भएका, चिटिक्क परेका घर भग्नावशेषमा परिणत हुन थालेका छन् । गाउँमा बसेकालाई पनि खेतीबाली लगाउने रुचि छैन । किनकि बालीनाली लगाए बाँदरले छिनभरमै सखाप पारिदिन्छ ।

बर्सेनि बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडाभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडाध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको घना जङ्गलमुनि रहेको उक्त गाउँमा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चियाखेती राम्रो हुने आकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको अध्यक्ष रिमालले बताउनुभयो ।

यहाँ बाँझो जमिन प्रशस्त छ । चियाखेतीका लागि उपयुक्त हावा, पानी र माटोसमेत सुहाउँदो भएको देखिन्छ । अध्यक्ष रिमालले भन्नुभयो, “सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीले तयारी थालेको छ ।” वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सबै क्षेत्रमा चियाखेतीको सम्भावनाको अध्ययन थालेको हो ।

गाउँमा बसाइँसराइका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्यतामा समेत ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताउनुभयो । “गाउँमै रोजगारी हुनेमात्रै नभई नगरलाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ”, अध्यक्ष रिमालले भन्नुभयो । “त्यसका लागि युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नका साथसाथै उपयोगविहीन भएको जग्गा प्रयोगमा ल्याउनु पर्दछ ।”

आर्थरमा चियाखेतीको विस्तार हुनसकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने स्थानीय इन्द्र गुरुङले बताउनुभयो । बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरूलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्न सकेमा बसाइँसराइ दर कम हुने गुरुङले बताउनुभयो । 

आर्थरु डाँडाखर्कका झण्डै आठ सय परिवार बसाइँ सरेर पोखरा र काठमाडौँलगायतका सहरमा बस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वडा सचिव नै ती ठाउँ खोज्दै जानुपर्ने बाध्यता रहेको छ । अहिले गाउँमा गुणस्तरीय सडक, निजी विद्यालय तथा गुणस्तरीय सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा समेत सुधार आए पनि गाउँ भने रित्तिँदै गएको स्थानीय दुर्गा शर्माले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश