कैलालीमा हाइस दुर्घटनामा एकको मृत्यु , १८ जना घाइते

साझासवाल

<p><b>पुस १६, कैलाली | </b>कैलालीमा हायस गाडी दुर्घटना भएको छ । जिल्लाको गौरिगङ्गा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन् ।<br></p><p>गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ४०६ नम्बरको हायस दुर्घटनामा परेको हो । दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नं १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>दुर्घटनाका घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।</p>

Leave a Comment

Leave a Reply