2026-09-12 05:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा

माघ १५, गलकोट । बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष÷मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो । 

निर्माण कम्पनीले रू १० करोड छ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको थियो । अस्पतालको दुईवटा भवन समयमै निर्माण गरे पनि ‘सी’ ब्लक बनाउन ढिला हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ । भवन बनाउन ठेकेदार कम्पनीले चार पटक म्याद थप्नु परेको थियो । कम्पनीका प्रतिनिधि केही समय सम्पर्कविहीन भएपछि भवन निर्माणमा समय लागेको अस्पतालले जनाएको छ । 

निर्माण व्यवसायी र सघन सहरी तथा भवन निर्माण आयोजनाबीच बिल भुक्तानीका विषयमा समस्या भएपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगे पनि भवन हस्तान्तरण हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो । 

“भवन सम्पन्न गर्न धैरै समय लाग्दैन, रङ्ग रोगनको काम मात्रै बाँकी छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ठेकेदारले पुरानो भुक्तानी नपाएका कारण भवन हस्तान्तरणमा ढिलाइ भएको हो ।

चालिस कोठाको भवन निर्माणका क्रममा  अस्पतालको जग्गा, विद्युत् पोल तथा कोरोनाजस्ता कारण देखाउँदै निर्माण कम्पनीले निर्धारित समयभन्दा छ वर्ष ढिला काम सम्पन्न गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिनुभयो । 

“निर्माण व्यवसायीको पुरानो भुक्तानी बाँकी रहेकाले  अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ, बजेट अभाव भएको छ । भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, श्रेष्ठले भन्नुभयो– “एक महिनाभित्र भवन हस्तान्तरण गर्छौँ ।”

धौलागिरि अस्पतालका अनुसार जिल्ला अस्पतालबाट ५० शय्यामा रुपान्तरण भएपछि थप भवन निर्माण थालिएकामा निर्माण सम्पन्न नहुँदै २०० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि बढाएको हो । गण्डकी प्रदेश सरकारले दुई सय शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । 

विसं २०६४ मा निर्माण सुरु भएको ‘ए’ ब्लक समयमै सम्पन्न भएको थियो भने २०६६ सालमा निर्माण सुरु भएको ‘बी’ ब्लक भने दशवर्षमा सम्पन्न भएको थियो । ‘सी’ ब्लक भवन समयमा नै निर्माण नहुदा प्रशासनीक सेवा जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ भने अस्पतालमा चमेनागृह छैन ।

कोरोना सङ्क्रमणका बेला अस्पताललाई भवन अभावका कारण समस्या परेको थियो । नवनिर्मित भवनबाट सेवा सञ्चालन हुनथालेपछि भौतिक संरचनाको अभाव अन्त्य हुने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस