By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    14 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    19 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > नवलपुर - NWL > भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन
नवलपुर - NWLसमाज

भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

साझासवाल
Last updated: February 3, 2023 10:50 am
साझासवाल
3 Min Read
Share

माघ २०, नवलपरासी | पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन ।

त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्नका लागि दुई वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिए पनि नौ वर्षपछि यसै वर्ष झोलुङ्गेपुलको निर्माण सम्पन्न भएको  हो । पुल बने पनि  चितवनतर्फको निकुञ्जको जङ्गलमा करिब एक हजार सात सय मिटर लामो ट्र्याक खुल्न नसक्दा वाल्मीकि आश्रम पुग्न अझै पनि भारतको बाटो प्रयोग गनु पर्ने बाध्यता रहेको विनयी त्रिवेणी–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । 

उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जले पुलको चितवनतर्फको अग्रभागमा नै बार लगाएपछि वाल्मीकि आश्रम जान त्रिवेणीधाम आएका पर्यटकहरु पुलसम्म पुगेर ‘सेल्फी खिचेर’ र ‘टिकटक’ बनाएर फर्कने गरेका छन् । आश्रम पुग्ने जो कोहीले पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम  पुग्नुपर्ने बाध्यता अझै रहेको अध्यक्ष शाहले बताउनुभयो ।

पुल निर्माण सम्पन्न भए पनि चितवन राष्ट्रिय निकुञ्जमा ट्र्याक खुल्न बाँकी रहेकाले पुल सञ्चालनमा ल्याउन नसकिएको सस्पेन्सन बृज डिभिजन कार्यालयका इन्जिनियर गोपाल थापा बताउनुहुन्छ । पुलबाट वाल्मीकि आश्रम करिब एक हजार सात सय मिटर ट्र्याक खोल्ने काम सम्पन्न हुँदा साथ पुल सञ्चालमा आउने इन्जिनियर थापा बताउनुहुन्छ । “हाम्रो दायित्वमा रहेको पुलको मुखबाट पाँच सय मिटर ट्र्याकको काम पनि निकुञ्जको अनुमतिका कारण रोकिएको छ, अनुमति आउना साथ काम हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पुलको त्रिवेणीधामतर्फको मुखमा चेक पोस्ट भवनसमेत बनाउने तयारी भएको छ ।

आवश्यक प्रक्रिया पु¥याएर आए ट्र्याक खोल्ने अनुुमति दिने चितवन राष्ट्रिय  नकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । “निकुञ्जको सुरक्षाको कुरा पनि छ, निर्माण कम्पनीले चेक पोस्ट बनाउन बाँकी नै छ, पूर्वाधार प्रक्रिया पु¥याएर आए अनुमति नदिने भन्ने कुरा नै हँुदैन”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र ट्र्याक खोल्न आवश्यक पहल भइरहेको जनाउँदै निकुञ्जसँग समन्वय गरेर दुई र तीन महिनाभित्रै गाउँपालिकाको पहलमा ट्र्याक खुल्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको र पुल निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पु¥याउने अध्यक्ष गिरीले बताउनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरकारको कुन निकायमा जान्छ तस्करीबाट आएको करोडौँ मूल्यको सुन ?
Next Article माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बझाङमै पहिलो पटक सुविधा सम्पन्न खेल मैदान निर्माण

57 years ago
मुख्य समाचारम्याग्दी - MGDसमाज

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

1 year ago
काठमाडौँ - KTMमौसम अपडेटराशिफलसमाज

अशोक सिन्हाका बाबुछोरीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा, झण्डै ५४ करोड बिगो माग

1 year ago
समाज

कोशी प्रदेशका सवा दुई लाख पशुमा लम्पी स्किन सङ्क्रमण, पाँच हजार मरे

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?