2026-10-24 05:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

‘पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ’

मङ्सिरः ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त गरे । उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेपछि काठमाडौँ गोर्खाजका कप्तान करण केसीले यस मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउँदा निकै खुसी लागेको बताए ।

“आजको खेलमा छुट्टै अनुभव भयो, पहिलोपटक घरेलु मैदान र दर्शकसामु फ्लडलाइटमा खेल्न पाउँदा भित्रैबाट खुसी लागेको छ”, उनले भने, “फ्लड लाइटमा पहिलो पटक खेल्नु ऐतिहासिक क्षण थियो, त्यसका पनि पहिलो खेलमै जित हाात पार्दा निकै खुसी छौँ ।”

पहिलो खेलमा पिचले स्पिनरलाई साथ दिएको उनको भनाइ थियो । स्पिनरकै कारणले खेल आफूहरुले जितेको उनले प्रतिक्रिया दिए । “आगामी दिनमा पनि राम्रो गर्दै जानेछौँ”, उनले भने, “सुरुआत सुखद् छ, नेपाली र विदेशी सबै खेलाडीको प्रदर्शन राम्रो भयो ।” उनले गत संस्करणमा भएका कमीकमजोरी सच्याएर उपाधि जित्ने लक्ष्यका साथ आफूहरुले तयारी गरेको उनले बताए ।

खेलपछि जनकपुरका बोल्ट्सका कप्तान अनिल साहले पनि पहिलोपटक नेपालमै फ्लड लाइटमा खेल्न पाउँदा सुखी लागेको प्रतिक्रिया दिए । उहाँले भन्नुभयो, “नेपालको आफ्नै मैदानमा फ्लड लाइटमा खेल्ने सपना थियो, त्यो पूरा भएको छ, यसमा हामी एकदमै खुसी छौँ ।”

आफू ब्याटिङमा चुक्दा खेल आफ्नो पक्षमा नपरेको उल्लेख गर्दै साहले ब्याटिङमा लामो साझेदारी बन्दा नसक्दा पराजित हुनुपरेको बताए । उनले भने, “पारीको सुरुआत राम्रो भयो, आसिफले राम्रो ब्याटिङ गरे पनि उनीसँगको साझेदारी अन्य ब्याटरको हुन सकेन, लक्ष्य कम भएकाले दोस्रो पारीमा खेलमा फर्कनसक्ने अवस्था रहेन ।” प्रतियोगिताको पहिलो खेलमा हार बेहोरे पनि आगामी खेलमा राम्रो प्रदर्शन गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।

एनपिएलको पहिलो संस्करण सफल भएपछि सरकारले मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो । फ्लड लाइटका जडानका लागि सरकारले रु ४२ करोड १९ लाख खर्च गरेको छ ।

निर्माण कम्पनी विशन–ईश्वरी ज्वाइन्ट भेञ्चरका अनुसार मैदानमा राखिएका छ वटा खम्बामा फ्लडलाइट जडान गरिएको छ । कम्पनीका अनुसार एउटा खम्बामा ७० वटा लाइट गरी कूल ४२० वटा लाइट जडान भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएल)का कूल ३२ खेलमध्ये २३ फ्लड लाइटमा खेलाउने तालिका बनाएको छ । सोमबारदेखि सुरु एनपिएल यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा आठ टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने