2026-10-07 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

बागमती प्रदेश सरकारले ल्यायो चलचित्र विधेयक

काठमाडौं । बागमती प्रदेश सरकारले चलचित्र क्षेत्रको विकास, संरक्षण र व्यवस्थापनका उद्देश्यसहित चलचित्रसम्बन्धी विधेयक प्रदेशसभामा पेश गरेको छ। बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विधेयक प्रस्तुत गर्दै प्रदेशको धार्मिक, सांस्कृतिक, भाषिक तथा भौगोलिक पहिचानको संरक्षण, संवर्धन र प्रचारप्रसारलाई मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरे।

मन्त्री लामिछानेका अनुसार विधेयकले प्रदेशको सञ्चित कोषलाई बलियो बनाउँदै समृद्धि र सुशासन हासिल गर्नसमेत योगदान पुर्‍याउने जस्ता लक्ष्य समेटीएको छ। विधेयक प्रस्तुत भएपछि त्यसमा सैद्धान्तिक छलफल सुरु गरिएको छ।

छलफलका क्रममा प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले प्रदेश संरचना लागू भएको सात वर्ष पुगिसकेको सन्दर्भमा चलचित्र, मनोरञ्जन तथा विज्ञापन क्षेत्रबाट उठ्न सक्ने राजस्व प्रदेशले उठाउन नसकेको अवस्था सुधार्न कानुन निर्माण आवश्यक रहेको बताए। उनले चलचित्र क्षेत्रको विकाससँगै प्रदेश र स्थानीय तहबीचको साझा अधिकारको उपयोगको अवसर रहेको धारणा राखे।

सदस्य सुरेन्द्रराज गोसाईले चलचित्रलाई सेवा उद्योगका रूपमा विकास गर्न सकेमा प्रदेशको आन्तरिक आयआर्जनमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गरे। उनले मौलिक चलचित्र निर्माण आवश्यक रहेको भन्दै संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा यसको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

सभा सदस्य दिनेशचन्द्र देवकोटाले चलचित्रसम्बन्धी विधेयक समयसापेक्ष र आवश्यकताको बोधका आधारमा ल्याइएको भन्दै चलचित्रप्रति रहेको नकारात्मक मानसिकता त्याग्नुपर्ने बताए।

यस्तै, सभा सदस्य छिरिङदोर्जे लामाले चलचित्र क्षेत्र एक उद्योगको रूपमा स्थापित भइसकेको र यसले अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने बताए। उनले चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा सीमित नराखी संस्कृति र मौलिक सम्पदाको प्रचारका लागि प्रयोग गर्नुपर्ने सुझाव दिए।

उनका अनुसार लामो समयदेखि चर्चामा रहेको दोलखाको डाङडुङ्गे डाँडामा फिल्म सिटी निर्माणको पहल यस विधेयकमार्फत कार्यान्वयनतर्फ अघि बढ्ने सम्भावना खुलेको छ।

हालै संघीय सरकारले पनि चलचित्र विधेयक राष्ट्रिय सभामा पेश गरेको छ, जसले समग्र मुलुकको चलचित्र क्षेत्रको नीति निर्माणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’