३ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

१७ बैशाख २०८२, बुधबार १४:४०

काठमाडौँ | चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताउनुभएको छ ।

चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गीतसङ्गीतझैँ सरल र सहज कथामा चलचित्र बनेको छ । यसले दुई दशक अगाडिको समयमा फर्काउँछ र त्यसबेलाको एउटा ग्रामीण परिवेशसँग परिचित गराउँछ । यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ ।”

उहाँले पछिल्लो समय आइरहेका भन्दा नितान्त भिन्न भूमिकामा आफू चलचित्रमा देखिने बताउनुभयो । उक्त चलचित्रका निर्देशक नवीन चौहानले चलचित्रमार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकसम्म पु¥याउन लागेको बताउनुभयो ।

“मैले सोचेको एउटा संसारलाई चलचित्रको पर्दामा ल्याएको छु । यो पात्र र यहाँको परिवेश मेरो कल्पना र यथार्थ हुन् । गीतसङ्गीतमार्फत् कथा भन्दै गर्दा यसपटक ठूलो पर्दामा आएका छौँ”, उहाँले भन्नुभयो ।

पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा अभिनेता कार्कीसँगै अभिनेत्री मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री मगरले उक्त चलचित्रमा आँखालाई शीतलता, कानलाई कर्णप्रिय सङ्गीतसहित पाँचथरको एक समाजको कथालाई देखाइएको बताउनुभयो ।

“बाल्यकाल नै विदेशमा बितेकाले होलो, यसपटक छुटै संसारमा बाच्न पाएँ । मैले आफ्नो ‘पात्र’अनुसारको भूमिका सफलतापूर्वक पूरा गरेकी छु । चलचित्रले गुरुङ–मगर र बाह्मण समुदायको संस्कृति र आपसी सद्भावलाई झल्काउने कोशिस गरेको छ ।” अभिनेत्री मगरले भन्नुभयो ।

उक्त चलचित्रमा गीतसङ्गीत निर्देशकको भूमिका गायक सुजन चापागाईंले निर्वाह गर्नुभएको छ । उहाँले चलचित्रमा काम गर्दा नयाँ अनुभव सङ्गालेको बताउनुभयो । निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत देउवा र माओवादीका उपमहासचिव शर्माबीच भेटवार्ता, समसामयिक विषयमा छलफल