८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

१० जेष्ठ २०८२, शुक्रबार १४:०५

काठमाडौँ | अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिनुभएको छ । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो ।

“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भन्नुभयो ।

अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गर्नुभयो । विशेषतः उहाँले अभिनय गर्नुभएको दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त हुनुभयो ।

“कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइन् । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भन्नुभयो ।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताउनुभयो । “अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भन्नुभयो ।

उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गर्नुभएको छ ।

चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपभापति गुरुङ भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने ‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान” इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प