2026-10-07 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्शकसँगै कलाकारले हेरे ‘जन्ते बाख्रो’

काठमाडौँ | चलचित्र निर्माण समूह र कलाकारले ‘दर्शक’सँगै बसेर नेपाली चलचित्र ‘जन्ते बाख्रो’ हेरेका छन् । समग्रमा दर्शकको प्रतिक्रिया बुझ्ने उद्देश्यले आफूहरू चलचित्र हेर्न आएको अभिनेता आशिफ शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो,“चलचित्रका निर्माण समूह र हामी कलाकार विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छौँ । सोही क्रममा केही चलचित्र भवनमा हामीले चलचित्र हेरका हौँ । हामीले कलाकारले चलचित्रभन्दा पनि दर्शक हेरिरहेका थियौँ, हामीले कल्पना गरेर तयार गरेको कथा–पटकथासहितको दृश्यलाई दर्शकले कसरी बुझ्नुभएको छ, भन्ने जिज्ञासा मेटिएको छ । दर्शक प्रतिक्रियाबाट हामी खुसी छौँ ।”

अभिनेता शाह झैँ अभिनेता सौगात मल्ल पनि दर्शकले दिनुभएको प्रतिक्रियाले आफ्नो मेहनतको प्रतिफल पाएको बताउनुहुन्छ । “यस आगाडिका चलचित्रभन्दा फरक देखिने कोसिस गरेको थिएँ । म आफ्नो मेहनतमा सफल भएँ जस्तो लागेको छ, किनकि दर्शकले मलाई यस्तो शैलीको भूमिका पनि सुहाउने प्रतिक्रिया दिनुभयो”, उहाँले भन्नुभयो ।

ग्रामीण परिवेश र जीवनलाई प्रस्तुत गरिएको चलचित्रमा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा भोज गर्न दिएको खसी वा बेहुली भित्राएपछि हुने भतेर (भोज) ‘जन्ते बाख्रो’ को प्रशङ्ग जोडेर कथा तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

“लेखिएको पात्रले भोग्ने कथा र परिवेशले पात्रलाई तयार गर्छ । तर, मैले आफ्ना भोगाइलाई समावेश गर्ने गरेको छु । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो पात्रलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर पात्रलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय ‘पार्टी प्यालेस’ मा विवाह गर्ने प्रचलन बढेसँगै ‘जन्ते बाख्रो’ खाने परम्परा हराउँदै गएको सन्दर्भमा चलचित्रले मनोरञ्जनसँगै सामाजिक रीतिथिति बुझाउने उहाँको भनाइ छ ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको चलचित्रमा अभिनेता मल्ल र शाहसँगै अभिनेत्री गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गर्नुभएको छ । मुइन इन्टरटेनमेन्ट प्रालिका तर्फबाट सन्तोष गौतमले चलचित्र निर्माण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो