काठमाडौँ | सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो ।
नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ । सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौँ ल्याइएको हो ।