2026-10-10 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व ‘वेलनेश’ दिवस मनाइयो

काठमाडौँ |  नेपालमा स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व ‘वेलनेश’ दिवस मनाइएको छ ।
स्पा सङ्घ नेपालले विश्व वेलनेश दिवसका अवसरमा आज काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरेको हो ।
विश्व वेलनेश दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले मसाज, स्पा, थेरापी, वेलनेशमार्फत पर्यटन प्रवर्द्धनका लागि स्पा सङ्घ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।
उपाध्यक्ष सापकोटाले वेलनेस मनोरञ्जनको साधन नभएर स्वास्थ्य र आर्थिक समृद्धिको आधार हुनसक्ने बताउनुभयो । उहाँले नेपालकोे पर्यटन मौसममा निर्भर रहेकाले यसलाई वर्षभरि नै सञ्चालन गर्न वेलनेश पर्यटनको अवधारणालाई बोर्डले जोड दिएको बताउनुभयो । पर्यटकको बसाइ अवधि बढाउन पनि वेलनेश पर्यटनबाट सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पाटा नेपालका अध्यक्ष खेमराज लकाइले विश्व स्वास्थ्य सङ्गठनले अबको दशकको मुख्य समस्या मानसिक स्वास्थ्य रहने र त्यसबाट मुक्तिका लागि आरोग्य पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । स्पालाई मनोरञ्जनबाट पर्यटकीय सम्पदा मान्नु सराहनीय रहेको उहाँको भनाइ थियो ।
स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले व्यस्त र तनावपूर्ण जीवनलाई कम गर्नका लागि स्पा र वेलनेशको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सन् २०१२ मा पहिलोपटक टर्कीमा वेलनेश दिवस मनाउन सुरु गरे पनि नेपालमा भने दोस्रो वर्ष उक्त दिवस मनाउन लागिएको छ ।
सो अवसरमा ठमेल पर्यटन परिषद्का महासचिव बद्री तिमिल्सिना, नेपाल होटल एशोसियसनका सदस्य अश्लेसा कार्कीलगायतले नेपाललाई वेलनेस पर्यटनको सम्भावनाकाबारे बोल्नुभएको थियो ।
स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले  प्रत्येक वर्षको जुनको दोस्रो शनिबार विश्व वेलनेश दिवस मनाउँदै आइएको जानकारी दिनुभयो । हाल विश्वका १७० देशमा उक्त दिवस मनाउँदै आएको महासचिव थोकरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने