६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’

३० बैशाख २०८२, मंगलवार ११:३०

काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालन गरेका छौँ । सेवा सञ्चालनपछि यहाँ रहेको खानेपानीसम्बन्धी समस्या समाप्त भएसँगै शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् ।”

मन्त्री यादवले प्रत्येक नेपालीलाई शुद्ध र सुरक्षित खानेपानी प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार अहिले मन्त्रालयले खानेपानीसम्बन्धी कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सोमबारदेखि आयोजना सञ्चालनमा ल्याएको खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार खपरताता खानेपानी आयोजना विधिवत् रूपमा सञ्चालन गरिएसँगै यहाँका नागरिकहरूमा खुशीयाली छाएको छ ।

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य प्रमोद गुप्ता, प्रदेशसभाका पूर्वसांसद पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, सङ्घीय परिषद्का सदस्य असलम आलम, लालदेव यादव, कलैया–८ का वडाध्यक्ष रञ्जीत चौरसिया, नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, समाजवादी युवा सङ्घ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डेलगायत व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक