2026-10-07 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

काठमाडौँ | हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रूखले चोट लाग्दा भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।

टाउकोमा गहिरो चोट लागि गम्भीर हुनुभएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए