2026-09-06 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९ महिनापछि फर्किन लागेका सुनिता र बुचलाई पृथ्वीमा हुन सक्छन् यस्ता समस्या

वासिङ्टन डीसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स २७२ दिनदेखि अन्तरिक्षमा छिन् । त्यहाँबाट नफर्किँदासम्म यो दिनगन्ती जारी रहनेछ । सुनिताको साथमा २०२४ को जुन ५ मा अर्का अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर पनि आठ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा गएका थिए ।

नौ महिनापछि दुबैलाई पृथ्वीमा फर्काइँदैछ । शनिबार बिहान दुवैलाई ल्याउन एलेन मस्कको निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्स स्पेसक्राफ्ट ड्रागन १० यान उडेको थियो ।

आइतवार बिहान उक्त यान अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा डक भएको थियो। यसैबिच हिजो सोमवार उक्त स्थानबाट बाट स्पेसक्राफ्ट अनडक भईसकेको छ । यो सँगै अब सुनिता र ब्यारी दुवै पृथ्वीमा फर्कने भएका छन् ।

उनिहरु चढेको स्पेसक्राफ्ट नेपाली समयअनुसार बुधवार बिहान पौने चार बजे अवतरण गर्नेछ। पटक पटक दुबैलाई फर्काउने मिसन पछाडि सारिदैँ आईएको थियो दुवैलाई लामो समयसम्म अन्तरिक्षमा अलपत्र छाडेको आरोप लागिरहँदा नासाले भने उनीहरूले अलपत्र नछोडिएको जिकिर गर्दै आएको थियो । सुनिता र ब्यारीको फर्कने यात्रा लगभग १७ घण्टाको हुनेछ।

पृथ्वीमा फर्किएर पनि उनीहरूलाई केही समय निकै सकस हुनेछ । आउने बित्तिकै सामान्य जीवनमा फर्किन सक्ने छैनन् । क्याप्सुलबाट धर्तीमा अवतरण गर्ने बित्तिकै दुवैलाई स्टेचरमा हालेर मेडिकल चेकजाँचका लागि दौडाइनेछ । यसका कारण ६ हप्ता जतिको समय लाग्ने बताइएको छ । यस अवधिमा उनीहरूलाई हिँडडुल गराउन, जिउ लचिलो बनाउने र मांसपेशी बलियो बनाउनमा बढी ध्यान दिइनेछ ।

त्यसपछिको अर्को ४५ दिनमा भने कार्डियो र अन्य प्रोप्रिओसेप्टिभ व्यायाम गराइनेछ । तेस्रो र अन्तिम चरण भने लामो हुनेछ । यसमा फङ्शनल डेभलपमेन्ट तालिममार्फत शारीरिक गतिविधिलाई सामान्य बनाउन बढी जोड दिइनेछ । पृथ्वीमा एक वर्षमा सम्पर्कमा आउने विकिरणसँग अन्तरिक्षमा एक हप्तामै सम्पर्कमा आएकोले उनीहरूको अन्य चेकजाँच र स्क्रिनिङ पनि हुनसक्ने अर्का एक विज्ञले भनेका थिए ।

बच्चाको जस्तै हुनेछ छाला

यतिका समय अन्तरिक्षमा बसेर धर्तीमा आउँदा सुनिता र बुचको छाला बच्चाको जस्तै हुनेछ । अन्तरिक्षमा रहँदा बस्दा शरीर र समग्र स्वास्थ्यमा अनेकौँ परिवर्तनहरू आएकोले पनि यस्तो हुनेछ । अन्तरिक्षको गुरुत्वाकर्षण शून्य हुने भएकोले अन्तरिक्षयात्रीले लगाएको लुगा हावामा तैरिन्छ, छालामा टाँसिन्न । यो भनेको बच्चा हुँदाको जस्तै अनुभव हो । पृथ्वीमा आएपछि शरीरको पहिरन वा लुगा स्यान्ड पेपर जस्तै महसुस हुन्छ । तर पृथ्वीमा फर्किएपछि सुनिता र ब्यारीले यो एउटा मात्रै समस्या भोग्दैनन् । उनीहरूले अरू यस्ता समस्या पनि सामना सक्नेछन् ।

हिँड्न गाह्रो हुनेछ

विज्ञहरूका अनुसार सुनिता विलियम्स र ब्यारी विल्मोरको पुनरागमन त्यति सजिलो हुने छैन । पृथ्वीको वातावरण आईएसएसको भन्दा धेरै फरक छ । अन्तरिक्षको वातावरण शून्य गुरुत्वाकर्षणको छ । यसको अर्थ यहाँ अन्तरिक्ष यात्रीहरूले एकै पाइलामा धेरै फिटको दूरी पार गर्छन् । यति मात्र होइन, कयौँ अवसरमा त उनीहरूले अन्तरिक्ष यानको भुँइमा घण्टौँसम्म पाइला राख्नु पनि पर्दैन । ठोस सतहहरूमा दबाब दिने तिनीहरूको खुट्टाको क्षमता कम हुन्छ र खुट्टामा मांसपेशीको भार कम हुन्छ ।

पृथ्वीमा गुरुत्वाकर्षण बलको उपस्थितिको कारण यहाँ आएर हिँड्ने प्रयास गर्दा ठोस सतहमा खुट्टा सार्नै तिनीहरूलाई समस्या हुनेछ । कमजोरी महसुस हुनेछ । उनीहरूले आफ्नो पाइला पनि सानो भएको महसुस हुनेछ । यस्तो अवस्थालाई ‘बेबी फिट’ भनिन्छ । यति मात्र होइन, सुनिता र ब्यारीले पृथ्वीमा केही समयको लागि चक्कर लाग्ने र वाकवाकी लाग्नेछ ।

आइएसएसको शून्य गुरुत्वाकर्षण वातावरणबाट फर्केपछि आफ्नो तौल धेरै भारी भएको महसुस गरेको अन्तरिक्ष यात्री टेरी भिट्र्सले भनेका थिए । यति मात्र होइन, उनलाई चक्कर पनि लागेको थियो र फ्लुको सङ्क्रमण पनि भइरहेको थियो । टेरीका अनुसार अन्तरिक्षबाट फर्केपछि शरीरलाई पृथ्वीको वातावरणमा घुलमिल हुन कम्तीमा एक हप्ता लाग्छ । सुनिता र ब्यारीलाई पृथ्वीको वातावरणमा पूर्ण रूपमा घुलमिल हुन अझै केही समय लाग्न सक्ने विश्वास गरिएको छ ।

मुटु कमजोर हुन्छ

द गार्जियन अखबारका अनुसार अन्तरिक्षमा रहँदा अन्तरिक्ष यात्रीहरूको हड्डीको घनत्व घट्छ, जुन चाँडै निको हुँदैन । यसबाहेक उनीहरूको शरीरमा मासु पनि कम हुन्छ । यसले हात र खुट्टालाई कमजोर बनाउँछ । यसले मुटुलाई पनि असर गर्छ । पृथ्वीमा मुटुले रक्तप्रवाह कायम राख्न गुरुत्वाकर्षण विरुद्ध काम गर्नुपर्छ तर अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा यो अतिरिक्त बल मुटुमा लागू हुँदैन ।

सुनिता लामो समयदेखि अन्तरिक्षमा रहेकी हुनाले उनको मुटु अब शून्य गुरुत्वाकर्षणमा काम गर्न अभ्यस्त भइसकेको छ । शरीरको हरेक भागमा रगत पुर्‍याउन धेरै मेहनत पनि गर्नुपर्दैन । तर अब उनी पृथ्वीमा फर्किएपछि उनको मुटुले गुरुत्वाकर्षण बलविरुद्ध रगत प्रवाह उत्पन्न गर्नुपर्नेछ । यसको अर्थ उसको कमजोर मुटुले फेरि एक पटक पृथ्वी अनुसार शक्ति देखाउनुपर्नेछ । कहिलेकाहीँ यसमा धेरै समय लाग्छ र शरीरको हरेक भागमा रगत प्रवाह समयमै हुन सक्दैन । यसले अन्तरिक्ष यात्रीहरूको शरीरमा रगत जम्ने जोखिम बढाउँछ ।

मस्तिष्कमा प्रभाव

शून्य गुरुत्वाकर्षण वातावरणबाट पृथ्वीमा आएपछि अन्तरिक्ष यात्रीहरूको शरीरमा रहेको तरल पदार्थ मस्तिष्क वरिपरि जम्मा हुन थाल्छ । यसकारण उनीहरूलाई फ्लू भएको जस्तो लाग्छ । खगोल भौतिकशास्त्री एलन डफीका अनुसार यो तरल पदार्थले अन्तरिक्ष यात्रीहरूको आँखाको नानीको आकार परिवर्तन गर्छ र उ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ