2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी जिल्लाका दुईवटा प्रसिद्ध धार्मिकस्थलको अस्तित्व सङ्कटमा

गोपालप्रसाद बराल, असोज ९, बर्दिवास । रातु नदीको बाढीले महोत्तरी जिल्लाका दुईवटा प्रसिद्ध धार्मिकस्थलको अस्तित्व सङ्कटमा परेको छ । 

जिल्लाको भङ्गाहा–६ सिद्धपुरस्थित श्रीसिद्धनाथ महादेव मन्दिर र धमौरा–७ रौजास्थित रौजा मजार सरिफ परिसरलाई यसपालिको बाढीले कटान र डुबानमा पारेपछि दुवै प्रसिद्ध धार्मिकस्थलको अस्तित्व नै सङ्कटमा परेको हो । 

रातु र बडहरी नदीको सङ्गममा रहेको अति प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिरको आँगन नै बाढीको कटानमा परेको छ । गत बिहीबारदेखिको लगातार वर्षासँगै रातु नदीमा आएको बाढीले पक्की मन्दिरको परिसरलाई कटान गरेपछि अहिले नदीको पानी आँगनमै बगिरहेको सिद्धपुर बस्तीका पराउ सादा मुसहर बताउनुहुन्छ । 

करिब ५०० वर्षपहिले सबैतिर घनाजङ्गल रहेका बेला दुधारी बाबा भनिने एक सन्तले सपनामा शिवलिङ्गबारे देखेकोे सूचनाका आधारमा श्रीसिद्धनाथ महादेव पत्ता लागेको यहाँका बुढापुरानाको भनाइ छ । दुधारी बाबाले पत्ता लगाएका शिवलिङ्गस्थलमा आफ्ना पुर्खाले मन्दिर खडा गरेर संरक्षण गर्दै आएका भङ्गाहा–१ का रुद्रनारायण सिंह थारू उल्लेख गर्नुहुन्छ । अति प्राचीन यो धार्मिक धरोहरको मन्दिर नै बगाएर लाने स्थिति बनेको स्थानीयवासी बताउँछन् । 

त्यसैगरी इस्लाम धर्मावलम्बी सुफी सन्त बाबा गदा अली शाह, बाबा बाहार अली शाह र बाबा रहम अली शाहको मजार अर्थात् समाधिस्थल रहेको रौजा मजारको धर्मशालाको पर्खाल यसै साताको रातु नदीको बाढीले भत्काएको छ । रातु नदीको बाढीले डुबान गरेको मजार परिसरमा जानआउन नसकिने अवस्था रहेको धमौरा–९ का बासिन्दा मन्सुल कवारीको भनाइ छ । 

इस्लाम धर्मावलम्बी सन्तको मजार ९समाधिस्थल० मा नेपाल र भारतका लाखौँ हिन्दू र इस्लाम धर्मावलम्बी भक्तजन आफ्नो मन्नत ९इच्छित चाहना० पुरा गर्न र मन्नत पूरा भएपछि भाकलअनुसार पूजा दिन त्यहाँ पुग्ने गरेका छन् । हिन्दू र इस्लाम धर्मावलम्बीको साझा धार्मिक रहेको मजार बाढीको चपेटाले सङ्कटमा परेको धमौराका बासिन्दा बताउँछन् । आम जनताको मनबाट जिल्लाकै मुख्य धार्मिकस्थलका रुपमा विकासको सम्भावना बोकेको श्रीसिद्धनाथ महादेव मन्दिर र रौजा मजार संरक्षणमा भने कुनै निकायले ध्यान नदिएका धमौरा अधियानपुरका शिक्षक अमानुल्ला शेष बताउनुहुन्छ । 

नेपालको अजमेर सरिफ ९भारतको अजमेर सरिफको प्रसिद्धिसँग दाँजेर० भनेर चिनिने अति प्राचीन इतिहास बोकेको रौजा मजार संरक्षणमा ध्यान दिन धमौराका बासिन्दाले जिविस, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, पुरातत्व विभाग लगायतको ध्यानाकर्षण गराएका छन् । 

यसैबीच बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले आपूmले दुवै ठाउँको अवलोकन गरेर संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्नुहुन्छ । । 

पानीको हाहाकार

महोत्तरी जिल्लाको बर्दिवासमा खानेपानीको हाहाकार मच्चिएको छ । बर्दिवास नगरपालिका–१, २ र ३ मा खानेपानीको पाइप र फिल्टर बाढी र पहिरोले क्षति पु¥याएपछि नगरका यी बस्तीमा खानेपानीको हाहाकार भएको हो । 

पहिलेको बर्दिवास गाविस क्षेत्र ९अहिले बर्दिवास नपा–१, २ र ३० का लागि पानी आपूर्तिका लागि रातु नदीको कालापानी जलाधारबाट ल्याइएको पानी भण्डारण गरेर वितरण गरिएको थियो । 

बिहीबार साँझ पाइप ओछ्याइएको कारेघोप्टे वन क्षेत्रको पाखामा पहिरो झरेर पाइप पुरेको र जलाधार मुखको फिल्टर बाढीले बगाएपछि यी बस्तीमा खानेपानी अवरुद्ध भएको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दिवासले जनाएको हो । फिल्टर बगाएको ठाउँमा नयाँ लगाउन सकिने भए पनि कारेघोप्टे पाखामा लगातार पहिरो जाने क्रम नरोकिएकाले मर्मतसम्भारको काम गर्न नसकिएको संस्थाका अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द