2026-11-02 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

ज्यान जोखिममा राखी यात्रा गर्न बाध्य

असोज १२, पर्सा । पर्साको ग्रामीण भेगबाट सदरमुकाम वीरगन्ज आउन सर्वसाधारणले ज्यान नै जोखिममा राखी यात्रा गर्न बाध्य भएका छन् । 

ग्रामीण भेगको सदरमुकाम वीरगन्जसँग जोडिने महत्वपूर्ण बाटोको रुपमा रहेको वीरगन्ज–जानकीटोला नहर सडकखण्डमा रहेका ठूला–ठूला खाल्डा सम्बन्धित निकायले मर्मतसम्भार नगर्दा सर्वसाधारण असुरक्षित यात्रा गर्न बाध्य भएका हुन् ।

वीरगन्ज–जानकीटोला सडकखण्डको बलिरामपुर, बहुवरिपिडरी, पटनी, महुवन, डोकैला बहुवरी, जगरनाथपुर, खलनपुर, लमरिया, झाखरामसिहानीदेखि जानकीटोला गाविससम्मको बाटोमा चार फिटसम्म गहिरा खाल्डो परेकाले चारपाङ्ग्रे वाहनबाट यात्रा गर्न असुरक्षित भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको सर्वसाधारणले गुनासो गरेका छन् । 

ग्रामीण भेगबाट कृषिजन्य वस्तु बिक्रीका लागि सदरमुकाम वीरगन्ज ल्याउने क्रममा सडकको खाल्डोमै ट्याक्टर फसी पल्टिँदा खाद्यान्न नोक्सान हुनुका साथै व्यक्तिसमेत घाइते हुँदै आएकोे पर्साको पटनी गाविस निवासी शिवशङ्कर यादवले बताउनुभयो । 

उहाँले ग्रामीण भेगबाट वाहनमा बिरामी बोकी उपचारका लागि सदरमुकाम वीरगन्ज आउने अवस्था पनि नभएको सम्बन्धित निकालयलाई जानकारी गराउँदै बाटोको मर्मत गर्न हारगुहार गर्दा कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । 

सडकमा रहेको खाल्डोका कारण दैनिक दुर्घटना भएको जानकारी जिल्ला विकास कार्यालयलाई गराउँदासमेत कुनै सुनुवाइ नभएको पर्साको बलिरामपुर निवासी अजय यादवले बताउनुभयो । उहाँले सडक मर्मतका लागि पर्साका स्थानीय विकास अधिकारीलाई भेट गरी ग्रामीण भेगका सर्वसाधारणले सडक मर्मत गर्न अनुरोध गर्दा कुनै सुनुवाइ नभएको गुनासो गर्नु्भयो । 

यसै विषयमा पर्साका स्थानीय विकास अधिकारी विश्वराज अर्यालसँग बुभ्mदा उहाँले नहर सडकखण्डको मर्मतसम्भारको सम्पूर्ण जिम्मा सडक डिभिजन कार्यालयको रहेकाले आफूले केही गर्न नसक्ने बताउनुभयो । नहर सडकखण्डको जीर्ण अवस्था र सर्वसाधारणले भोग्नु परेको पीडाबारे सडक डिभिजन कार्यालयका इन्जिनियर कमलेश कर्णसँग बुझ्दा उहाँले वर्षाको कारण नहर सडकखण्डमा भएका खाल्डोलाई चाँडै पुरी आवतजावतलाई सहज बनाउने जानकारी दिनुभयो । 

एक महिनाअगाडि मात्र जिविस पर्साको सहयोगमा सडकखण्डको मर्मत गरिएको बताउँदै इन्जिनियर कर्णले सडकखण्डमा अत्यधिक सवारी चाप रहेको र एक महिनायता भएको वर्षाका कारण पुनः खाल्डो परेको बताउनुभयो । सर्वसाधारणको समस्याबारे कार्यालय सचेत रहेको बताउँदै इन्जियनर कर्णले तीन–चार दिनभित्र सडक मर्मत कार्य सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसैबीच, नहर सडकखण्डमा सवारीसाधन सञ्चालन गर्ने अवस्था नभएको भन्दै यातायात व्यवसायीले वीरगन्ज–ठोरी बससेवालाई बन्द गरेका छन् । सडकमा रहेको चार फिटसम्मको खाल्डोमा बस फस्ने र ठूलो दुर्घटना हुन सक्ने भएकाले सडक मर्मत नभएसम्म यातायात बन्द राखिने यातायात व्यवसायी मुन्न ओझाले जानकारी दिनुभयो । वीरगन्जबाट ठोरीका लागि दैनिक चारवटा यात्रुवाहक बस सञ्चालन हुँदै आएका छन् । 

यातायात व्यवसायीले सेवा बन्द गरेपछि सदरमुकाम वीरगन्ज र ठोरीको सम्पर्क विच्छेद भएको छ । काम विशेषले वीरगन्ज आउने ठोरीवासीले हाल भारतको रेलकै भर पर्नु परेको छ । भारतको भिखनाठोरी रेलवे स्टेसनबाट रक्सौल हुँदै सदरमुकाम वीरगन्ज आउनु परेको ठोरीवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द