२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अपाङ्गता भएकालाई सहयोग जारी

१२ आश्विन २०७३, बुधबार ०७:२५

असोज १२, पाँचथर । केही दिनअघि सांस्कृतिक कार्यक्रम गरेर सङ्कलन गरेको रकम इम्बुङका एकै परिवारका अपाङ्गता भएको माङ परिवारलाई प्रदान गरिएको छ । 

अल्फाओमेगा इन्टरनेसलन ट्रेनिङ सेन्टरको आयोजनामा केही दिनअघि पाँचथर सदरमुकाममा रहेको फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न भएको बृहत् सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रकम अपाङ्ग परिवारलाई प्रदान गरिएको हो । 

मङ्गलबार पत्रकारसम्मेलन गरी अल्फाओमेगा ट्रेनिङ सेन्टरका अध्यक्ष जयप्रेम तुम्रोकले अपाङ्ग महिन्द्र तामाङलाई ४० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । केही दिनअघि मात्र १५ हजार प्रदान गरेको र अपाङ्ग परिवारका लागि आफ्नो संस्थाले ५५ हजार रुपैयाँ प्रदान गरेको तुम्रोकको भनाइ छ । 

अनिवार्य आवश्यकता जुटाउनै नसक्ने इम्बुङ–७ कोल्बुङमा एकै परिवारका पाँचजना अपाङ्ग छन् । हर्कवीर तामाङ र धनमाया तामाङका पाँच छोरी र चार छोरा छन् जसमध्ये जेठा छोरा खड्गबहादुर, काइला छोरा महेन्द्र, कान्छो छोरा बद्री, साइली छोरी श्रीमाया र कान्छी तारादेवी गरी पाँचजना अपाङ्ग छन् । 

कान्छी तारादेवी अलि हिँड्न सक्ने भएपनि अरू चारजना बसेको ठाउँदेखि उठ्न नसक्ने अवस्थामा छन् । अपाङ्गलाई सदरमुकाम फिदिम ल्याएर रकम प्रदान गरिएको हो । उनीहरु जन्मजात अपाङ्ग हुन् । 

तामाङ परिवारको कष्टपूर्ण जिन्दगी देखेपछि सांस्कृतिक कार्यक्रम गरेर भएपनि केही रकम प्रदान गरिएको अल्फाओमेगाले जनाएको छ । रकम पाएपछि अपाङ्ग महेन्द्र तामाङले खुसी व्यक्त गर्नुभयो । तर, परिवारका सबैजस्तो अपाङ्ग हुँदा पनि राज्यका तर्फबाट वास्ता नगरिएको महेन्द्रको गुनासो छ । यसअघि फिदिमका समाजसेवी रामप्रकाश समथिङको संयोजकत्वमा उक्त परिवारलाई सहयोग प्रदान गरिएको थियो । समथिङको संयोकत्वमा फिदिमबजारका ४२ जना व्यक्तिले तामाङ परिवारलाई सहयोग गरेका थिए । 

उहाँकै सक्रियतामा तामाङ परिवार बस्ने घर बनाएर सामान्य पसल पनि सुरुवात गरिएको थियो । अहिले पसल बढाएको परिवारकी कान्छी छोरी तारादेवीले बताउनुभयो । इम्बुङका स्थानीयवासी र फिदिमवासीको दुई लाख चार हजार नौ सय १५ रुपैयाँको लगानीमा अपाङ्ग तामाङ परिवारका लागि दुई कोठे घर निर्माण गरिएको थियो । 

इम्बुङका स्थानीयवासीको ७९ हजार दुई सय ५० र फिदिमवासीको एक लाख २५ हजार छ सय ६५ रुपैयाँको लगानीमा उक्त घर बनाइएको हो । सुरुवातमा राससबाट समाचार प्रकाशन तथा प्रसारण भएपछि सङ्घसंस्था तथा व्यक्तिले सहयोग रकम प्रदान गर्न थालेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन?