२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत इन्स्पेक्टरको मृत्यु

१० श्रावण २०८०, बुधबार ०३:४९

साउन १०, सर्लाही | सर्लाहीको खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। सर्लाहीको इश्वरपुर नगरपालिका-९  खोरिया टोलमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुँदा प्रहरी निरीक्षक बसन्त साहको निधन भएको हो।

मलङ्वामा रहेको कार्यालयबाट राती  ईश्वरपुर नगरपालिका- ६ मा रहेको घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय साहको निधन भएको प्रहरी उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिए।

बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका निरीक्षक साह दुर्घटनामा परेको प्रहरी उपरीक्षक सुबेदीले बताए।

फूलजोर- त्रिभुवननगर सडकखण्ड अन्तरगतको पुलमुनी दुर्घटनामा परेर मृत अवस्थामा साह भेटिएको प्रहरीले जनाएको छ । पुलमुनीको खाल्डोमा तल शरिर र माथिबाट मोटरसाइकलले थिचिएको अवस्थामा साहको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै