Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालद्वारा भिस्वा डाँडामा वृहत सरसफाई

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १६, वीरगंज । विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल UPF Nepal सिद्धान्त अनुसन्धान महाबिद्यालय संघको आयोजनामा आज वीरगंजमा वृहत सरसफाई गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं। १८ मा रहेको भिस्वा डाँडा र गुम्बा परिसरमा बिहान वृहत सरसफाई गरिएको हो ।

संघका  वीरगंज शाखा अध्यक्ष हरी लोप्चनको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा प्रमुख अतिथी पर्साका सहायक जिल्ला वन अधिकृत फरमान मियाँ, अतिथीहरुमा श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक ऋषिकुमार ढुङ्गना, सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, भिस्वा युवा क्लबका सचिव ऋषि श्रीवास्तव, प्रहरी चौकी भिस्वाका ईन्र्चाज पंकज कुमार सिंह, सुरजी देवी माध्यमिक बिद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल,  टाँसीसाङ्ग थारर्वालिङ्ग बौद्ध गुम्बा भिस्वाका  अध्यक्ष रामबहादुर लामा, विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका शान्ति दूत लक्ष्मीनारायण ओझैया,परिवार दलका पर्सा जिल्ला अध्यक्ष  पलटन पटेल लगायतकाले बिशेष सफाई गरेका थिए ।

संघको आयोजनमा भइरहेको ३ दिवसीय शान्ति अभियान कार्यक्रम अन्र्तग पहिलो श्रृङखलामा सरसफाई कार्यक्रम गरिएको संघका अध्यक्ष हरी लोप्चनले बताए । लोप्चनले अभियानको दोस्रो श्रृङखला अन्र्तगन भोली सोमबार महिला सशक्तिकरण अन्र्तक्रिया कार्यक्रम र तेस्रो श्रृङखला अन्र्तगत असोज १८ गते मंगलबार शान्ति अभियानमा नागरिकको भुमिका र वडा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरिने कार्यक्रम रहेको बताए ।

प्रमुख अतिथी र अतिथीहरु संयुक्त रुपमा सफाई गरी उद्घाटन गरेको कार्यक्रमा  भिस्वा र श्रीपुर वडाका प्रहरीका जवानहरु, सुरजी देवी माध्यमिक बिद्यालयका बिद्यार्थीहरु,पत्रकार निरज पिठाकोठे, सदभावना पार्टी वीरगंज युवा मंचका सचिव अनिल साह, वीरगंज उपमहानगरपालिकाका सफाई कर्मचारीहरु तथा संघका शुभकन्या मोक्तान, जगत बहादुर थिङ, रबिलाल लोप्चन, सविन लामा, सोनु मोक्तान, रमिला मोक्तान लगायतकाले सक्रिय सहभागिता जनाएका थिए ।