असोज १९, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । 

धेरै पटक विभिन्न मन्त्री तथा २५ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । 

धेरै पटक विभिन्न मन्त्री तथा २५ "/>

2026-09-11 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लावतीको सालिक र पार्क निर्माण सुरु

असोज १९, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । 

धेरै पटक विभिन्न मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनिसक्नुभएका लावतीको फिदिमबजारस्थित आहालगैरीमा सुन्दर पार्कसँगै सालिक निर्माण गर्न थालिएको हो । सालिक निर्माणको जिम्मा लिएको सालिक निर्माण समितिका संयोजक लोकेन्द्र आलेमगरका अनुसार पूर्वमन्त्री लावतीको गृह गाविस यासोकमा समेत बनाइसकिएको र सदरमुकाम फिदिममा पनि बनाइएको हो । अहिले सालिक र पार्क गरी करिब २५ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो । 

आगामी कात्तिक २५ गतेभित्र महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिने संयोजक आलेले बताउनुभयो । पार्क र सालिक निर्माणका लागि फाल्गुनन्द संरक्षण प्रतिष्ठानले एक लाख ५० हजार रुपैयाँ सहयोगसमेत गरिसकेको छ । 

समितिले सालिक र पार्क निर्माणका लागि करिब सात लाख रुपैयाँ जति लाग्ने जनाउँदै स्वेच्छिक सहयोग गर्नसमेत सम्पूर्ण सङ्घसंस्था तथा महानुभावलाई आग्रह गरेको छ । जिल्लाको विकास निर्माणमा लावतीको योगदान अतुलनीय रहेको जिल्लावासी बताउने गर्दछन् । पूर्वगृहमन्त्री स्व लावतीको निधन २०७२ जेठ २७ गते भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट