२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

साझाको सेवा वीरगन्जमा पनि

१९ आश्विन २०७३, बुधबार ०६:२७

असोज १९, काठमाडौँ । लामो समयपछि साझा यातायातले आजदेखि वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । 

गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा विस्तार गरेको साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई मध्यनजर गर्दै आजदेखि वीरगन्जमा पनि सेवा विस्तार गरेको हो । केही दिनमा नै भैरहवा हुँदै लुम्बिनीका लागि सेवा विस्तार हुने बताइएको छ । 

दश वर्षपछि पहिलोपटक गत असोज १६ गतेदेखि साझाले आफ्नो सेवा उपत्यकाबाहिर विस्तार गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । लामो समयपछि गत आइतबारदेखि दैनिकरुपमा बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । 

विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२/६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

काठमाडौँ उपत्यकामा भने २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेका बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । 

लामो समयपछि उपत्यकाबाहिर बस सञ्चालन भएको हँुदा सञ्चालनको सुरुको दिनमा त बसको सिट भरिने गरी यात्रु थिएनन्, अहिले भने बसमा अटाई नअटाई यात्रु रहने गरेका छन् । उक्त बसमा एक पटकमा बसेर ५५ जना र केहीले उभिएर पनि यात्रा गर्न सक्नेछन् । सेवा विस्तार गरेको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य