२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकसातामै रित्तिए गाउँघर, ज्यामी पाउनै मुस्किल

२०७३, १ कार्तिक सोमबार ०८:०६

नबिनबाबु अधिकारी | कात्तिक १, सिन्धुली । हिन्दू नेपालीहरुको महान् पर्व विजयादशमी सकिएसँगै सिन्धुलीका गाउँ अहिले सुनसान जस्तै भएका छन् । दसैँको फूलपातीको दिन गाउँ फर्किएका युवा–युवती धमाधम गाउँ छाड्दा सुनसान जस्तै भएको हो । 

विजयादशमी सकिएसँगै राजधानीलगायत देशका विभिन्न स्थानमा पेसा व्यवसाय गर्दै आएकाहरु गाउँ छाड्दै गरेका हुन् । कृषकलाई गाउँमा दसैँ सकिएपछि यतिबेला कामको चटारो परिसकेको छ । दसैँमा गाउँभर युवाको चहलपहल अहिले नहुँदा खेतीको मौसममा समेत सघाउने युवाको अभाव भएको स्थानीय किसान बताउँछन् । 

दसैँ सकिएपछि घर बस्ने रहर हुँदाहुँदै पनि काम विशेषले गर्दा हतारमा काठमाडौँ फर्कनुपरेको जलकन्या गाविसका ठाकुर धिताल बताउनुहुन्छ । काठमाडौँमा खाजा घर सञ्चालन गर्दै आएका धितालले भन्नुभयो – “मानिसको चहलपहल बढेसँगै आफूहरुको पनि कमाइ हुने भएकाले विजयादशमी सकिएपछि गाउँ छाड्नुपर्ने बाध्यता रहेको छ, घरमा बाली भित्र्याउने, लगाउनेलगायतका काम भए पनि लाखौँ खर्च गरेर सुरु गरेको व्यवसाय समयमा नै सञ्चालन नगर्दा घाटा बेहोर्नुपर्ने भएकाले पनि समयमा नै गाउँ छाडेको हुँ ।” 

उहाँमात्र हैन सिन्धुलीका धेरै युवा दसैँ मानेर कार्यथलो फर्किसकेका छन् । गत वर्षको भूकम्पका कारण ध्वस्त भएको यहाँको बस्ती पुनःनिर्माणको पर्खाइमा रहेको भएपनि पुनःनिर्माणका लागि आवश्यक पर्ने जनशक्तिको अभाव मात्रै छैन गाउँमा अप्ठेरो पर्दा चाहिने मानिसको समेत अभाव हुने गरेको स्थानीय रमेश बुढाथोकीले बताउनुभयो । 

दसैँको केही दिन गाउँ युवाले भरिभराउ भएको भएपनि दसैँ सकिएसँगै आ–आफ्नो कार्य क्षेत्रमा फर्किंदा अहिले गाउँ युवाविहीन बन्न पुगेको उहाँ बताउनुहुन्छ । अहिले गाउँमा रहेका अधिकांश वृद्धवृद्धा र केटाकेटीमात्रै रहेको र बिरामी पर्दा बोक्ने मान्छे छैन, मर्दा जाने मलामी पाउन नै मुस्किल जस्तै भएको छ, उहाँको भनाइ छ । 

सिन्धुलीका अधिकांश युवा राजधानी काठमाडौँका साथै देशका विभिन्न सहर तथा स्थानमा पेसा–व्यवसाय गर्दै आएका छन् । उनीहरु चाडबाडमा मुस्किलले गाउँ पुग्छन् र हतारहतार गाउँका समस्या नसुल्टिँदै छाड्छन् । “दसैँको समयमा युवा गाउँ आउँदा चहलपहल निकै बढेको थियो, तर अहिले आएर भने फेरि गाउँ सुनसान हुन थालिसक्यो”, स्थानीय कुमार कार्कीले भन्नुभयो – अहिले भूकम्पले भत्केका घर निर्माणका लागिसमेत जनशक्तिको अभाव रहेको छ । 

कार्कीले भन्नुभयो – “गाउँमा रोजगारीको अभाव हुँदा यहाँका युवा वैदेशिक रोजगारीका साथै राजधानीलगायत देशका मुख्य सहरमा अवसरको खोजीमा पुग्ने गरेका छन्, आफूले कृषि व्यवसाय गर्दै आएको भए पनि जीवन निर्वाह नहुँदा आफूलाई पनि गाउँ छाड्न बाध्य हुनुपर्ने अवस्थामा आइपुगेको छु, दुःख गरेर उत्पादन गरेको कृषि जन्य उत्पादनको बजार मूल्य नहुँदा र ढुवानी गर्न नसक्दा कृषि क्षेत्र दिक्क लाग्दो अवस्थामा पुगेकाले गाउँमा पहिलेको भन्दा अहिले युवाको सङ्ख्या ह्वात्तै घटेको छ ।” यसबाहेक यातायातको अभाव, परम्परागत कृषिकर्म, गाउँमै अर्थ उपार्जनको स्रोत नहुनुजस्ता कारणले युवा गाउँबाट पलायन भएको उहाँको बुझाइ छ । 

जलकन्या गाविसका ठाकुर धिताल एक प्रतिनिधि उदाहरणमात्रै हुन्, धिताल जस्तै देशका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारी तथा अवसरको खोजी गर्दै पलायन हुँदा गाउँ सुनसान हुन थालेका छन् । गाउँमा रोजगारीको सिर्जना गरी युवा पलायन हुनबाट रोक्नुपर्नेमा यस क्षेत्रका सर्वसाधारणको जोड छ । 

अहिले गाउँमा धान भित्र्याउने बेला भइसकेको छ भने यस्तै गाउँमा नगदे बाली लगाउने समय पनि भइसकेको छ । गाउँमा धान भित्र्याएलगत्तै आलु रोप्ने, गहुँ छर्ने, तोरी छर्ने, लसुन लगाउनेलगायतका बालीनाली लगाउने बेला पनि भइसकेको छ । युवा जनशक्ति नहुँदा गोठमा भएका बस्तुभाउको मल पनि लगेर जमिनमा हाल्न नसकिने अवस्था भएको स्थानीयवासी बताउँछन् । 

कृषि बाली लगाउने र भित्र्याउने कार्य त छँदैछ, बल्लतल्ल उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पु¥याउन समस्या भएको किसान बताउँछन् । बोकेर ढुवानी गर्नु पर्दा किसानले उत्पादन गरेको कृषि खाद्यवस्तु बजारमा ५० प्रतिशत मात्रै आउने गरेको छ । 

समयमा नै बोकेर ढुवानी गर्न नसक्दा आलु, लसुन, प्याज, बन्दा, काउली, सिमी, काँक्रा, फर्सीलगायतका उत्पादित वस्तु कुहिएर जाने गरेको छ । दुःखसुख गरेर लगाएको मेहनतको फल खेर जाँदा कृषि क्षेत्र ओझेलमा पर्दै जाने भएको छ । गाउँमा खनिएका कृषि सडक विकास र विस्तार नहुँदा, कृषि सडकका लागि छुट्याइएको बजेटको सदुपयोग नहुँदा गाउँको कृषि उत्पादन भए पनि बजारको व्यवस्थापन हुन सकिरहेको छैन । 

युवा जनशक्ति गाउँमा नहुँदा गाउँ सुनसान मात्र भएका छैनन्, उर्वर जमिन पनि बाँझो अवस्थामा रहेका छन् । गाउँमै रोजगारको अवस्था सिर्जना गरेमात्र समृद्ध समाजको सपना पूरा हुने ग्रामीण क्षेत्रका बासिन्दा बताउँछन् । सम्बन्धित निकायले चासो नदिँदा र उपयोगी शिक्षा नहुँदा हरेक वर्ष गाउँबाट युवा पलायनको अवस्था भने दोब्बरले वृद्धि हुँदै गएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते