2026-06-21 08:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेफरले गुल्मीका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै

प्रेम सुनार । कात्तिक ३, गुल्मी ।  हेफर ईन्टरनेशनल नेपाल नामक संस्थाले सरकार संग साँझेदारी गर्दै गुल्मीका ६ वटा गाविसका महिलाहरुलाई सशक्तीकरण गर्दै आत्मा निर्भरता तर्फ उन्मुख गरिरहेको छ ।

हेफरले गत १० महिना देखि गुल्मीको जैसीथोक, धुर्कोट रजस्थल, वस्तु, अमरपुर, अर्जै र ईस्मारजस्थल सहित ६ वटा गाविसका सयौं महिलाहरुलाई आत्मनिर्भर बनाउन सुरु गरेको हो ।

सुरुवातमा लेख्ने र बोल्ने शैलीको विकास गरेर आफ्नो राज्य संग आफ्नो अधिकार खोज्ने, विकास निर्माण लगायत गाविस, जिल्लाका उपभोक्ता समिति र जनप्रतिनिधी मुलक संघ संस्थाहरुमा आफ्नो सम्मान जनक प्रतिनिधीत्व खोज्ने जस्ता कुराहरुमा तालिम सञ्चालन गर्यो ।

लगत्तै आत्मा निर्भताका लागि तरकारी खेती, घर वगैचार  निर्माण, उन्नत विउ विजन उत्पादन र आधुनिक वाख्रा पालनको सिप विकास गराएको हेफरले अहिले लक्ष्य अनुसारको प्रगति यहाँका महिलाहरुबाट गराएको छ । ति मध्ये अझ नमुना कार्य उसको साँझेदारी संस्था  नव प्रभात युवा संघद्धारा अमुर गाविसमा गरेको प्रष्ट देख्न सकिन्छ ।

एक समय अर्काको मेला पात गरेर मुस्कीलले जिविका गर्ने गरेकी अमरपुर १ की उजेली कुमालले तरकारी र पाख्रा पालन गरेर कसैको मुख ताक्न नपर्ने अवस्थामा पुगेकी छिन् । सोही गाउँकी पुर्णकला आचार्य , वडा नम्वर २ की देवकला थापा, ३ की जमुना कुँवर, वडा नम्वर ५ की पुतला महत ६ की शोभा महत, ७ की तुल्सा पराजुली  र वडा नम्वर ९ की मिना गिरी लगायत त्यस गाविसका १ सय ८६ घरधुरीका परिवारको घर वगैचा, व्यवसायीक तरकारी खेती वाख्रा पालनले  मुहार फेरिदो अवस्थामा पुगेको छ ।

नुमना कार्य अवलोकन तथा थप प्रशिक्षित गर्न पहिलो पटक हेपर ईन्टरनेशनलका केन्द्रिय कार्यक्रम निर्देशक डाक्टर तिर्थराज रेग्मी अमरपुरमा आएर फर्किएका छन् । उनि सहित गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्ट, संयुक्त राष्ट्र संघका पुर्व उपमहासचिव कुलचन्द्र गौतम जस्ता व्यक्तिहरु आएर त्यहाँका महिलाहरुको प्रगति देखेर प्रंशंसा गरे ।  

त्यस अवसरमा त्यहाँका महिलाहरुलाई ३ सय ३१ वटा वाख्रा र उन्नत जातका ८ वटा वोका समेत उपहार दिएर उनिहरु फर्किएका छन् ।  खोर निर्माण, नस्ल सुधार, आदि कार्यमा प्रशंसनीय कार्य गरेका त्यहाँका महिलाहरुका वारेमा नव प्रभातबाट खटिएका परियोजना संयोजक प्रकाश चालिसेले जानकारी गराउँदै हेफरको लक्ष्य र उद्देश्य अनुरुपको काम भएको बताए ।

हेफर ईन्टरेनेशनल नेपालका गुल्मी जिल्ला संयोजक शरद श्रेष्ठले जिल्लाका ६ वटा गाविसमा ३ वर्षे उक्त कार्यक्रम सञ्चालन गरिएको र कम्तीमा पनि प्रति परिवार वार्षिक २ लाख आम्दानी उपलव्ध गराउने लक्ष्य लिईएको बताए ।

केन्द्रिय कार्यक्रम निर्देशक डाक्टर रेग्मीले देशका ४२ वटाा जिल्लामा यस्ता कार्यक्रमहरु गर्न लागिएको र गुल्मीमा थप कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताए ।  

वाख्रा उपहार कार्यक्रममा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला प्रतिनिधी लक्ष्मण विष्ट, माओवादी केन्द्रका जिल्ला संयोजक  विरबहादुर कार्की, पशु सेवा कार्यालयका प्रमुख डाक्टर कल्याणकुमार श्रेष्ठ, गैह्र सरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतका वक्ताहरुले हेफरले सञ्चालन गरेका कार्यक्रमहरुको खुलेर प्रशंसा गरेका थिए ।

त्यो संगै संयुंक्त राष्ट्र संघका पुर्व उप महासचिव कुलचन्द्र गौतमले आफ्नी स्वर्गिय माताका नाममा स्थापना गरेको हिमा गौतम स्मृति कोषद्धारा त्यहाँका विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

उक्त कोषका कार्यवाहक अध्यक्ष नारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रभात युवा संघका अध्यक्ष शंकरप्रसाद पन्थको स्वागत मन्तव्य र अमरपुर गाविस सचिव नारायण महतको सञ्चालन रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ