2026-09-13 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फर्निचर उधोगबाट अवैध काठ सहित संचालक प्रहरी नियन्त्रणमा

राम नारायण पंडित/ सिरहा ६, कार्तिक । सिरहा प्रहरीले गोलबजारमा संचालनमा रहेको एक फर्निचर उधोगबाट अवैध काठ बरामद गरेको छ । शुक्रबार राति गोलबजार १० मा संचालनमा रहेको एक फर्निचर उधोगबाट अबैध काठ तथा फर्निचर बनाउने मेशीन बरामद गरेको प्रहरीले जनाएको छ । 

ईलाका प्रही कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायको कमाण्डमा खटिएको गस्ति टोलीले गोलबजार १० स्थित सोमबहादुर विश्वकर्मा र सुरेश कुमार साहले संचालन गरेको फर्निचर उधोगबाट ९५ हजार २ सय मूल्य बराबरको बिभिन्न साईजका अवैध काठ, काठ चिर्ने मेशीन, फर्निचर बनाउन प्रयोग हुने औजार तथा काठ ओसार्न प्रयोग गरिने साइकल बरामद गरेको हो । 

संचालक साहको घर नजिकै झाडीबाट लुकाई राखेको अवस्थामा २६ हजार मूल्य बराबरको ६ थान काठका चौखट पनि बरामद गरिएको निरीक्षक उपाध्यायले बताए । बरामद काठ सहित दुबै संचालकलाई थप अनुसन्धानका लागी नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन