2026-10-28 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ग्रामिण भेगमा प्रभावकारी पत्रकारिता तालिम

प्रेम सुनार । कार्तिक–७, गुल्मी । गुल्मीको क्षेत्र नम्वर १ दिव्रुङ्गमा रहेको एक क्लवले सदरमुकाममा आयोजना गरिने पत्रकारिता तालिममा भन्दा प्रभावकारी र वृहत संख्यामा पत्रकारिता तालिम प्रदान गरेको छ । श्री जनसेवा युवा क्लव दिव्रुङ्ग अर्जेवा गुल्मीले यस्तो तालिम दिएको हो । 

असोज ३० गते देखि कार्तिक ६ गते सम्म दिईएको ७ दिने आधारभुत पत्रकारिता, रेडियो उद्घोषण तथा नेतृत्व विकास तालिममा एउटै गाविस दिवु्रङ्गबाट ४१ जना सहभागि थिए भने छिमेकी गाविस आँपचौरबाट  ३५ को नेटो काटेकी घरेलु महिलाले समेत उक्त तालिम लिएकी छिन् । 

उनिहरुलाई सदरमुकामबाट पुगेका  जिल्लाका वरिष्ठ पत्रकारहरुले तालिम दिएका थिए ।  पहिलो, दोश्रो र तेश्रो दिन  घनश्याम गौतमले तालिम दिएका थिए । चौथो र पाँचौं दिन टोपलाल अर्यालल, छैठ र सातौं दिन, प्रेम सुनार र तिलाचन पाण्डे तालिम दिएका थिए । 

त्यस्तै नेतृत्व विकास सम्वन्धी तालिम जिविसका कर्मचारी हरिप्रसाद घिमिरेले दिएका थिए । तालिको उद्घाटन क्षेत्र नम्वर १ की सामनुपातिक सांसद सिर्जना तरामुको प्रमुख आतित्यतामा सम्पन्न भएको थियो ।

त्यस्तै समापन समारोहमा प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यता रहेको थियो । तालिम समारोहमा सुनारले दिव्रुङ्ग जस्तो विकट ग्रामिण क्षेत्रमा त्यति ठुलो संख्यामा सदरमुकामको भन्दा प्रभावकारी तालिम दिन सफल भएकोमा क्लवलाई धन्यवाद दिएका थिए ।

तालिममा  स्थानिय समाज सेवी टंकबहादुर क्षेत्री, पत्रकार तिलाचन पाण्डे, स्थानिय समाज सेवी युवराज खरेल, क्लवका कार्यक्रम संयोजक हिमाल पुन, ऋषिराम सापकोटा लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमा प्रशिक्षार्थीको तर्फबाट सुरुज खरेल र शिवा अर्यालले मन्तव्य राखेका थिए । 

क्लवका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार घनाश्याम खरेलको सञ्चालन रहेको थियो । समापन समारोहमा प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार र पत्रकार तिलाचन पाण्डेलाई क्लवले सम्मान समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला