२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समस्याले घेरिएको लालीको राडममा कसैको आँखा पुगेन

२०७३, ८ कार्तिक सोमबार ०२:००

पंकज धामी | कात्तिक ८, दार्चुला | जिल्ला सदरमुकामबाट भर्तोला हुँदै पुगिने लाली गाविसको वडा नम्बर १ न गाविस भवन नजिक छ, न जिल्ला सदरमुकाम नजिक नै । स्थानीय नागरिकलाई नेपाल सरकारको सेवा लिन झण्डै ४ घण्टा हिड्नु पर्दछ भने उक्त बस्तिका नानीहरुलाई प्राथमिक शिक्षा लिन डाडाकोट गाविसको वडा नम्बर १ मा पुग्नु पर्दछ । राडममा सरकारी सेवा लिन र विद्यार्थीहरुलाई विद्यालय पठाउन मात्रै समस्या छैन, बस्ति कटानको जोखिम, खानेपानी र सिंचाईंको अभाव पनि उत्तिकै छ ।

गत असार १६ गते स्थानीय राडम खोलामा आएको बाढिले उक्त बस्तिको खानेपानीको लाइन र सिंचाईंको कुलो बगापछि हालसम्म उक्त बस्तिका स्थानीयले महाकालीको पानी प्रयोग गरिरहेका छन् भने खेतमा सिंचाई हुन सकेको छैन । प्रत्येक दिन महिला र बालबालिकाले महाकालीको पानी ल्याउँछन् र परिवारका सदस्य तथा गाईवस्तुलाई खान हुन्छ । स्थानीय आनसिह ऐरीले बताउनु भयो । खानेपानीको पाइपको झण्डै ८ सय मिटर जति राडम खोलाले बगाएको र त्यतिकै लम्बाई भएको पाइप भर्तोला लाली सडक निर्माणका क्रममा काम नलाग्ने भएकोले राडममा खानेपानीको समस्या भएको स्थानीय तथा नेकपा एमाले गाउँ कमिटि अध्यक्ष दानसिह ऐरीले बताउनु भयो । झण्डै ५० मिटर जति सिंचाई कुलो समेत बाढिले बगाउँदा खेतमा सिंचाई गर्न समेत समस्या भएको उहाँको भनाई छ । खानेपानी र सिंचाई सुरु हुने हो र वर्षौदेखि निर्माण हुने भनिएको विद्युत लाईन तथा लालीमा पुल बन्न सके राडमबासीले पनि थोरै राहत पाउने उहाँले बताउनु भयो ।

असार १६ गते राडम खोलामा आएको बाढिले राडमको बस्तिलाई समस्या परेको र उक्त क्षेत्रमा तटबन्ध निर्माणको काम तिहार लगत्तै सुरु हुने नदी नियन्त्रण कार्यालय दार्चुलाका इन्जिनियर मुकेश पाठकले बताउनु भयो । ‘राडमको तटबन्धका लागि तारजाली आइसकेको र स्थानीयसँग मिलेर तिहार लगत्तै तटबन्ध राखिन्छ ।’ उहाँले भन्नुभयो ।

राडमको खानेपानी समस्याका लागि भने स्थानीयले बासिन्दाले निवेदनसहित आए आफ्नो कार्यालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख बीरभद्र जोशीले बताउनु भयो । जिल्ला दैवि प्रकोप उद्दार समिति (डिडिआरसी) बाट सिफारिस भई आएका बस्तिहरुमा खानेपानीको व्यवस्थाका लागि आवश्यक कदम भई रहेको जनाउँदै कार्यालय प्रमुख जोशीले राडमका स्थानीय बासिन्दाले डिडिआरसीको निर्णय सहित निवेदन आए तत्काल सहयोग गर्न सकिने बताउनु भयो ।

स्थानीयको समस्यालाई आफ्नै समस्या बुझेर राजनीतिक दलहरुका नेतृत्वले समस्या समाधानका लागि पहल नगरेसम्म राडम जस्तै कयन बस्तिहरु समस्यामा रुमलिई रहेनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी