१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समस्याले घेरिएको लालीको राडममा कसैको आँखा पुगेन

८ कार्तिक २०७३, सोमबार ०२:००

पंकज धामी | कात्तिक ८, दार्चुला | जिल्ला सदरमुकामबाट भर्तोला हुँदै पुगिने लाली गाविसको वडा नम्बर १ न गाविस भवन नजिक छ, न जिल्ला सदरमुकाम नजिक नै । स्थानीय नागरिकलाई नेपाल सरकारको सेवा लिन झण्डै ४ घण्टा हिड्नु पर्दछ भने उक्त बस्तिका नानीहरुलाई प्राथमिक शिक्षा लिन डाडाकोट गाविसको वडा नम्बर १ मा पुग्नु पर्दछ । राडममा सरकारी सेवा लिन र विद्यार्थीहरुलाई विद्यालय पठाउन मात्रै समस्या छैन, बस्ति कटानको जोखिम, खानेपानी र सिंचाईंको अभाव पनि उत्तिकै छ ।

गत असार १६ गते स्थानीय राडम खोलामा आएको बाढिले उक्त बस्तिको खानेपानीको लाइन र सिंचाईंको कुलो बगापछि हालसम्म उक्त बस्तिका स्थानीयले महाकालीको पानी प्रयोग गरिरहेका छन् भने खेतमा सिंचाई हुन सकेको छैन । प्रत्येक दिन महिला र बालबालिकाले महाकालीको पानी ल्याउँछन् र परिवारका सदस्य तथा गाईवस्तुलाई खान हुन्छ । स्थानीय आनसिह ऐरीले बताउनु भयो । खानेपानीको पाइपको झण्डै ८ सय मिटर जति राडम खोलाले बगाएको र त्यतिकै लम्बाई भएको पाइप भर्तोला लाली सडक निर्माणका क्रममा काम नलाग्ने भएकोले राडममा खानेपानीको समस्या भएको स्थानीय तथा नेकपा एमाले गाउँ कमिटि अध्यक्ष दानसिह ऐरीले बताउनु भयो । झण्डै ५० मिटर जति सिंचाई कुलो समेत बाढिले बगाउँदा खेतमा सिंचाई गर्न समेत समस्या भएको उहाँको भनाई छ । खानेपानी र सिंचाई सुरु हुने हो र वर्षौदेखि निर्माण हुने भनिएको विद्युत लाईन तथा लालीमा पुल बन्न सके राडमबासीले पनि थोरै राहत पाउने उहाँले बताउनु भयो ।

असार १६ गते राडम खोलामा आएको बाढिले राडमको बस्तिलाई समस्या परेको र उक्त क्षेत्रमा तटबन्ध निर्माणको काम तिहार लगत्तै सुरु हुने नदी नियन्त्रण कार्यालय दार्चुलाका इन्जिनियर मुकेश पाठकले बताउनु भयो । ‘राडमको तटबन्धका लागि तारजाली आइसकेको र स्थानीयसँग मिलेर तिहार लगत्तै तटबन्ध राखिन्छ ।’ उहाँले भन्नुभयो ।

राडमको खानेपानी समस्याका लागि भने स्थानीयले बासिन्दाले निवेदनसहित आए आफ्नो कार्यालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख बीरभद्र जोशीले बताउनु भयो । जिल्ला दैवि प्रकोप उद्दार समिति (डिडिआरसी) बाट सिफारिस भई आएका बस्तिहरुमा खानेपानीको व्यवस्थाका लागि आवश्यक कदम भई रहेको जनाउँदै कार्यालय प्रमुख जोशीले राडमका स्थानीय बासिन्दाले डिडिआरसीको निर्णय सहित निवेदन आए तत्काल सहयोग गर्न सकिने बताउनु भयो ।

स्थानीयको समस्यालाई आफ्नै समस्या बुझेर राजनीतिक दलहरुका नेतृत्वले समस्या समाधानका लागि पहल नगरेसम्म राडम जस्तै कयन बस्तिहरु समस्यामा रुमलिई रहेनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल