राम नारायण पंडित/कात्तिक ८, सिरहा ।दिपावली तथा छठ पर्व नजिकिदै जाँदा पटका सहितका विष्फोटक पदार्थमा सिरहा पह्ररीले निगरानी बढाएको छ । 

अघिल्ला वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/कात्तिक ८, सिरहा ।दिपावली तथा छठ पर्व नजिकिदै जाँदा पटका सहितका विष्फोटक पदार्थमा सिरहा पह्ररीले निगरानी बढाएको छ । 

अघिल्ला वर्ष"/>

४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा पटकासहितका विष्फोटक पदार्थमा प्रहरीको निगरानी

८ कार्तिक २०७३, सोमबार १२:३८

राम नारायण पंडित/कात्तिक ८, सिरहा ।दिपावली तथा छठ पर्व नजिकिदै जाँदा पटका सहितका विष्फोटक पदार्थमा सिरहा पह्ररीले निगरानी बढाएको छ । 

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष थप कडाई गरिएको प्रहरी जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया आज (सोमबार) एक सुचना जारी गरी विस्फोटक अवाज आउने कुनै प्रकारका बस्तुहरु बिक्री बितरण, ओसारपोसार तथा पड्काउने काम नर्गनका लागि अनुरोध गरेका छन् । 

सुचनालाई अटेर गरी पटकाजन्य बस्तुहरु ब्रिकी बितरण ओसारपोसार तथा पड्काउने कार्य गरेको पाईएमा कानुन बमोजिम कार्बाही गर्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्याम सिंह चौधरीले चेताबनी दिएका हुन । 

यो पर्ब एक आपसमा खुसि साट्ने र मनोरंजन गर्ने पर्ब रहेकोले यसलाई सौहार्दपुर्ण रुपमा मनाउन उनले आग्रह गरेका हुन । चाडपर्बको मौकामा जथाभाबी पटकाजन्य पदार्थ पड्काउने र ओसारपोसार गर्ने माथि कडा निगरानी बढाएकोले त्यस्तो पाईएमा कार्बाही गर्ने उनले बताए । यसलाई नियन्त्रणका लागि उपलब्ध जनशक्तिलाई सादापोशाक, मोबाईल गस्ति, क्वीक रिसपोन्स टीमलाई ठाउँ ठाउँमा परिचालन गरिएको डिएसपी चौधरीले दाबी गरे । 

यता, पटकाजन्य बिस्फोटक पदार्थलाई भित्रिन नदिन सिरहा प्रहरीले नाकाहरुमा कडाइ गरे पनि अधिकांश क्षेत्रहरुमा खुलेआम आयात भइरहेको बताईएको छ । तिहार आउन एक साता अगाबै देखि पटाकाजन्य विष्फोटक पदार्थको व्यापक प्रयोग भइरहेको भेटिएको हो । गत वर्षहरुको तुलनामा यस वर्ष थप कडाइ गरिएको प्रहरीले दाबी गरे पनि सिरहा सदरमुकामको साथै माडर र ठाढ्ी लगायतका मुख्य नाका भएर आयात भईरहेको श्रोतको दाबी रहेको छ ।

 जसको कारणले बिस्फोटक पदार्थ सिरहाको माडर, चोर्हवा, मिर्चैया, वन्दिपुर, गोलवजार लगायतका वजारमा खुलेयाम विक्रि वितरण भइरहेको छ भने राजधानी सम्म निकासी भईरहेको बताईएको छ । 

दिपावली तथा छठ पर्वको समयमा पटकाजन्य विष्फोटक पदार्थ धेरै भित्रिने भएकाले नाकाहरुमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले दाबी गरेका छन् । 

पटकाजन्य बिस्फोटक पदार्थ सहित पक्राउ परेका एक जनालाई कार्बाही अगाडी बढाईएको उनले बताए । जिल्लामा रहेका सम्पुर्ण ईकाईहरुमा पटकाजन्य बिस्फोटमा निगरानी बढाउन समेत निर्देशन दिईएको डिएसपी कोईरालाले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ