२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

९ कार्तिक २०७३, मंगलवार ०८:४८

कात्तिक ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहाको विकास, निर्माणका लागि सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

जिल्लाका विकास निर्माण र जनचासोका विषयलाई लिएर आज आएको सिरहाको सर्वदलीय एवम् सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आफूले निर्वाचनका बेला सिरहामा गरेको बाचा नभुलेको भन्दै ती पूरा गर्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सिरहामा कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानीलगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने सो अवसरमा प्रधानमन्त्रीले बताउनुभयो । 

सिरहा जिल्लाका जनतालाई सम्बोधन गर्न आफू छिट्टै सिरहा आउने प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

भेटमा प्रधानमन्त्रीले भन्नुभयो – “म प्रधानमन्त्री भएपछि उपत्यका बाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ, मलाई पनि निकै नमीठो लागेको छ । अब समय लिएर छिट्टै सिरहाका जनता भेट्न आउनेछु ।” 

सिरहाको प्रतिनिधिमण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्गलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 

प्रधानमन्त्री दाहाल सिरहाको क्षेत्र नं ५ बाट गत संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान