2026-07-07 02:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अर्खलेको युवा क्लव पुनः सक्रिय, नेता विष्टले सहयोग गर्ने

2016-10-26

प्रेम सुनार/कात्तिक १०, गुल्मी । २०५७ सालमा स्थापना र २०६२ सालमा दर्ता भई केहि समय सक्रिय भएको र पछि लामो समय निष्कृय रहेको गुल्मी अर्खलेको एक क्लव पुनः सक्रिय भएको छ  । श्री समाजसेवा युवा क्लव रेसुङ्गा  नगरपालिका ४ अर्खले यसरी सक्रिय हुन थालेको हो ।  

उक्त क्लवलाई  नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी  क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले थप सक्रिय पार्न सहयोग गर्ने उद्घोष समेत गरेका छन् । क्लवले भलिवल प्रतियोगिताको आयोजना गरी सक्रियताको पाईला चालेको हो । नेता विष्टले उद्घाटन गरेको भलिवल प्रतियोगिता ३ दिन सम्म सञ्चालन भएको थियो । 

प्रतियोगितामा दर्जनौं टिमलाई पछाडी पार्दै स्वयम आयोजक टिम श्री समाज सेवा युवा क्लव अर्खले प्रथम भएको छ । दृतिय विहानी युवा क्लव बडागाउँ भएको छ । तुफान युवा क्लज मुसिकोट तृतिय भएको छ । विजयी प्रथम , दृतिय र तृतियलाई क्रमशः ३० हजार २० हजार १० नगद पुरस्कार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

प्रथम पुरस्कारको शैजन्य रेसुङ्गा नगरपालिका ४ अर्खले घर भई हाल अष्ट्रेलियामा कार्यरत शशिध्वज थापाले गरेका थिए । सेउवा घर भई हाल अमेरिकामा पत्रकारिता गरिरहेका किशोर पन्थीले २० हजार राशीको पुरस्कार शौजन्य गरेका थिए । जर्सी शौज्यन्य अर्खले निवासी सुरेन्द्र थापाले गरेका थिए ।

 निष्कृय रहेको क्लवलाई रेमलाल वस्यालले गत वर्ष देखि सक्रिय पारेका हुन् । उनको अध्यक्षतामा गत वर्ष क्लवलाई पुनरगठन गरिएको थियो । प्रतियोगिताको उद्घाटन नेता विष्टले गरेका थिए । समापन समारोहमा भलिवल संघ गुल्मीका अध्यक्ष झकबहादुर मिदुनको प्रमुख आपतथ्यता थियो

।  त्यस्तै नेकपा एमाले रेसुङ्गा नगरकमिटीका ंसंयोजक डिल्लीराज भुसाल, खेलकुद विकास समितिका सदस्य मनोज काउछा, रेफ्री एवं राष्ट्रिय भलिवल खेलाडीद्धयः  किशोर केसी, हिरा पुन लगायतको विशेष आतिथ्यता थियो ।

क्लवका अध्यक्ष रेमलाल वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम महतको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने