2026-09-01 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

परियारले लगाए श्रीमतिका रिसले घरमा आगो

प्रेम सुनार/कात्तिक १०, गुल्मी । गाउँ घर सुनिने एउटा उखान जस्तै केहि दिन अघि गुल्मीका एक व्यक्तिले श्रीमकिा रिसले घरमा आगो लगाएका छन् । 

ग्वाघा गाविस वडा नम्वर ७ आरुखर्कका ४२ वर्षिय चन्द्रबहादुर परियारले कार्तिक २ गते आफु वस्ने अर्काको घरमा आगो लगाएका हुन् । आगो लगाएर फरार उनलाई प्रहरीले हालै हिरासतमा लिए पछि मात्र घटना ढिलो गरी  वाहिर आएको हो ।  

घरमा चरम गरिवी भएका कारण उनिहरु अर्कैको घर मागेर बस्दै आएका थिए । उनका छोरा वुहारी बुटवलमा बस्दै आएको र यता आफुले मात्रै काम गरेर परिवार कति दिन पाल्ने ? भन्दै श्रीमति संग रिसाएर  आफु वस्ने घरमा आगो लगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए ।

हाल निजलाई हिरासतमा लिई मुद्धा दायर गरिएको रावववले बताए । प्रहरी श्रोतका अनुसार श्रीमतिलाई समेत मार्ने नियतका साथ निजले आगो लगाएको तर श्रीमति भागेर बाँच्न सफल भएकी थिईन् । 

एकातिर गरिवी अर्को तिर जाँड रक्सीले बेहाल जिवन बनाएका परियारले अर्काको घरमा आश्रय लिएर घाती काम गर्न पुगेका छन् ।  उनीहरु प्रति  दया राखेर बुटवलमा बस्दै आएका नरमायाँ परियारले आफ्नो घरमा बस्न दिदै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार परियारको घर जलेर करिव २ लाख भन्दा बढि क्षति भएको छ । यति वेला आफु प्रहरी खोरमा उता वस्ने वास जले पछि श्रीमति छोरा छोरी विचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली