कात्तिक ११, वीरगन्ज । नजिकिँदै गएको तिहार पर्वलाई दृष्टिगत गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, वीरगन्ज । नजिकिँदै गएको तिहार पर्वलाई दृष्टिगत गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । <"/>
2026-11-02 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

ठूलो परिमाणमा पटाका भित्रिंदै

कात्तिक ११, वीरगन्ज । नजिकिँदै गएको तिहार पर्वलाई दृष्टिगत गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । 

दुवै जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको पाइन्छ । 

तस्करले सीमावर्ती भारतको रक्सौलबाट पर्सा जिल्लाको भिस्वा, पर्सौनी, सिर्सया, जानकी टोल, ठोरीलगायतका नाकाबाट पटका भित्र्याउने गर्दछन् भने बारा जिल्लाको मोतिहर्वा, ठवैगोठ, सिमरौनगढ, कचोरवा नाकाबाट पटाका भित्रिने गरेको छ ।

तस्करहरुले भारतको रक्सौलबाट पटाका वीरगन्ज तथा त्यस आसपासका बजारसम्म प¥याउँदा सो बापत ५० प्रतिशत तथा काठमाडौँ, हेटाँैडा, नारायणघाटसम्म पु¥याउँदा ७५ प्रतिशतसम्म भाडा लिने गर्दछन् । 

अति प्रज्वलनशील रहेको पटाका नेपालमा प्रतिबन्ध भए पनि व्यापारीले बढी मुनाफाका लागि लुकाइछिपाइ भित्र्याउने गरेको पाइन्छ । भारतको रक्सौललगायत विभिन्न ठाउँबाट आउने टाँगा, जिप, ट्रक तथा सुख्खा बन्दरगाहमा आउने सवारीसाधनमा लुकाइछिपाइ पटाका भित्र्याउने गर्दछन् । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरले थोरै परिणाममा पटाका भित्रिएको हुनसक्ने बताउँदै पटकपटक गरी दुई बोरा पटाका नष्ट गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द