२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा दुई युवतीको उद्धार

१२ कार्तिक २०७३, शुक्रबार ०७:१५

कात्तिक १२, लाहान । चेलीबबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

दुई युवतीलाई प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा सीमा क्षेत्रमा खटिएको प्रहरीटोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई हिजो साँझ पक्राउ गरेका हुन् । 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–८ निवासी ३५ वर्षीया लक्ष्मी भन्ने दुर्गा विक, सिन्धुलीको दूधौली नगरपालिका– ११ निवासी २९ वर्षीया प्रमिला विक र सिरहाको धनगढीमाई नगरपालिका– २ निवासी ५६ वर्षीय उद्ववबहादुर थापा रहेको प्रहरीले जनाएको छ । 

सिरहा र उदयपुरका दुईजना युवतीलाई बेचबिखनका लागि भारतर्फ लगिरहेको सूचनाको आधारमा साना हात संस्थाका पदाधिकारीको सहयोगमा प्रहरी टोलीले दुबै युवतीको उद्धार गरी दुर्गा र प्रमिलालाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो । 

यसैगरी लागु औषध मुद्दामा अदालतबाट कैद सजाय पाएर १६ वर्षदेखि फरार रहेका श्रीचन पासमानलाई प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध मुद्दामा जिल्ला अदालत सिरहाबाट २०५६ साल पुस ११ गते १० महिना २८ दिन कैद र रु दश हजार जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाविस– ४ निवासी ४५ वर्षीय पासमानलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य