प्रेम सुनार । कात्तिक १२, गुल्मी | स्थानिय निकायको पुनरसंरचना पछि अब गुल्मीको अर्खवाङ्ग, पुर्कोटदह जस्ता विकट गाउँहरु सदरमुकाम तम्घासभन्दा शहरिकरणमा परिणत हुने छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । कात्तिक १२, गुल्मी | स्थानिय निकायको पुनरसंरचना पछि अब गुल्मीको अर्खवाङ्ग, पुर्कोटदह जस्ता विकट गाउँहरु सदरमुकाम तम्घासभन्दा शहरिकरणमा परिणत हुने छ"/>
2026-09-01 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब गुल्मीका गाउँहरु सदरमुकाम भन्दा शक्तिशाली

प्रेम सुनार । कात्तिक १२, गुल्मी | स्थानिय निकायको पुनरसंरचना पछि अब गुल्मीको अर्खवाङ्ग, पुर्कोटदह जस्ता विकट गाउँहरु सदरमुकाम तम्घासभन्दा शहरिकरणमा परिणत हुने छन् र शक्तीशाली पनि बन्दै जाने भएका छन् । ठुल्ठुला मुद्धाहरुमा समेत जिल्ला अदालत धाई रहनु पर्ने छैन् ।

माओवादीले द्धन्द्धकालमा भन्ने गरेको जनसराकार, जनअदालत अब गाउपालिका मै हुनेछ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अदालती फैसला हुनेछ । स्वास्थ्य देखि सुरुक्षा निकाय, विभिन्न सरकारी कार्यालय गाउँपालिका मैं केन्द्रित हुनेछन् । स्थानिय साधन श्रोतमा जनताकै अधिकार रहनेछ ।

अहिले साना तिना झुपडी रहेका ति गाउँहरुमा ठुला ठुलाा भवन बन्ने छन् । जनताले पनि गाउँपालिकोको केन्द्र रहेको स्थानमा  हालको तम्घासमा जस्तै शानदार घर–पसलहरु बनाउने छन । अहिले सित्तैमा विक्रि गर्न चाँहदा पनि विक्रि हुन नसकेका त्यस वरीपरीका जमिनहरु  स्थानिय निकायको केन्द्र बने पछि हातका हिसावले महँङ्गो मुल्यमा विक्रि हुनेछन् ।

हालै प्रस्ताव गरिएको खाकाको टुङ्गो लागेमा दुई दिनको बाटो हिडेर सदरमुकाम धाउने गरेका ह्वाङ्गदी, अर्खवाङ्ग, दर्लिङ्गको  दुनाम गाउँ जस्ता विकट गाउँका जनता अव एक दिनमै सरकारी कार्यालयहरुको काम सकेर साँझ घर फर्किन पाउने छन् ।

विमारीहरुलाई अझै पनि दुनाम र यता अग्लुङ्ग, वाँझकटेरी लगायतका विकट गाउँका जनताले तत्काल उपचार गराउन सकेका छैनन् । कतिपय विरामी सदरमुकाम ल्याउँदा ल्याउँदै मृत्यु भएका छन, अव त्यो स्थिती आउने छैन् ।

शान्तिपुर, खैरेनी, पुर्तिघाट केन्द्र बनेमा विशेष गरी  क्षेत्र नम्वर १ का जनताले ठुलो राहत पाउने छन् । अहिलेको संरचना हेर्ने हो भने गुल्मीको उपनिवेश जस्तै मनिन्छ क्षेत्र नम्वर १ । अव त्यो स्थितीबाट मुक्त हुने छन् त्यहाँका जनताहरु । जिल्लाको पुरानो व्यापारिक केन्द्र तथा  ऐतिहाँसिक वामीटक्सार बजारले आफ्नो पुरानो अस्तीत्व फेरी फर्काउने छ । त्यो नगरपालिका बन्न वित्तिकै सदरमुकाम तम्घास भन्दा ठुलो बजार बन्न सक्ने छ ।

पुर्कोदह, धुर्कोटरजस्थल, ईस्मारजस्थल, चन्द्रकोट, यता ऐतिहाँसिक चारपाला दरवार, उता गौडाकोट, मनोरम घिउवेसी फाँट, अर्को ऐतिहाँसिक वजार पुर्तिघाट, खेरैनीको नाम वाहिरी जिल्लाका मनिसहरुको समेत ओंठमा झुण्डीने छ ।

अहिले कल्पनाको संसार जस्तो लाग्ने ति कुराहरु भोली साकार अवस्य हुन सक्छन यदि यहाँका सर्वसाधरण देखि यहाँको सवै पक्ष संयम भएर , फराकीलो मन गराए स्थानिय निकायको संरचना बनाउने जिम्मा दलका नेता र संवन्धीत सरकारी निकायलाई  दिने हो भने ।

यसर्थ ईतिहाँसमा एकचोटी आएको यो गौरवमय  घडीलाई हामी सवै पक्ष एक मत भएर साकार पार्ने तिर लागौ । यसैमा हामी र हाम्रा भावि सन्तीको  भविश्य सुनिश्चीत हुनेछ । अन्यथा खिचातानी र कलहले हामी सवैलाई पछाडी पार्ने छ, यसप्रति सवैले विवेक पुराऔं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली