२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको जैसीथोकमा डेड वर्षदेखि खानेपानी अलपत्र

२०७३, १३ कार्तिक शनिबार १२:३०

हुमकान्त पोखरेल | कात्तिक १२, गुल्मी । गुल्मीको जैसिथोकमा खानेपानीको धारा निर्माण गरेको करिब डेढ बर्ष बितिसक्दा पनि खानेपानी संचालन हुन सकेको छैन् । 

जैसिथोक गाविसमा सञ्चालीत होलबाङ् बाङ्ग्रा खानेपानी समिति र पछि गठन भएको लिफ्टिन खानेपानी आयोजना मार्फत १५ वटा धारा निर्माण भएका थिए । पुरानो खानेपानी योजना मार्फत पर्यात्त मात्रामा जनतालाई खानेपानी उपलब्ध नभएपछि खानेपानीलाई सर्भसुलभ बनाउने उदेश्यले धारा निर्माण गरिएको समितिले जनाएको छ ।

साथै थप भएका १५ वटा धारामा पहिलेनै संचालन भएका धाराहरुबाट पानी वितरण गर्ने समितिको योजना रहेको थियो । जैसिथोक ५ निवासी वीर बहादुर नेपालीले डेढ बर्षसम्म पनि धाराबाट पानी नआएकोले सहजै खानेपानी पिउन पाइएला की भन्ने आश हराएको बताउनुभयो । समितिले समयमै ध्यान नदिए आफुहरुले अझैपनि पधेँरो नै धाउनपर्ने बताउनुभयो ।

त्यस्तै जैसिथोक १ का शुशिल खनालले समितिको उदाशिनताका कारण अहिले सम्म धारामा पानी नआएको आरोप लगाउनुभयो ।  उहाँले अब जतिसक्दो छिटो सम्बन्धित निकायलाई घचघच्याएर पानी ल्याउने तर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । ठेकेदार देविराम पराजुलीले खानेपानीको पाइप अफिसले इष्टिमेट गरेअनुसार नै जैसिथोक पुर्याएकाले समितिले उपभोक्ता मार्फत लाइन खनेर पाइप बिछ्याएमा आफूले जडान गर्ने बताउनुभयो । साथै जतिसक्दो छिटो पाइप बिच्छ्याइयोस भन्ने पक्षमा आफु रहेको बताउनुभयो ।

होलबाङ बाङ्ग्रा खानेपानी समितिका सचिव डिल बहादुर पोखे्रलले धारा निर्माण कार्य जैसिथोक लिफ्टिङ खानेपानी उपभोक्ता समिति मार्फत भएको उल्लेख गर्दै पानी ल्याउने जिम्मा पनि सोहि समितिको रहेको बताउनुभयो । जैसिथोक लिफटिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष विरेन्द्र कुवँरले दुवै समितिहरु मिलेर खानेपानी सञ्चालन गरेको भन्दै सो काम पनि दुवै समितिहरु मिलेर गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले आफूले जतिसक्दो छिटो पानी ल्याउने पक्षमा रहेको र यसका लागि आफूले पहल गरिरहेको बताउनुभयो । मासिक बैठक बसि रकम उठाउने लगायतका कार्यहरु होल्बाङ बाङ्ग्रा समितिमार्फत भएको बताउदै उहाँले सो काम लिफटिङको मात्र हो भन्ने कुरालाई भने खण्डन गर्नुभएको छ । जैसिथोक गाविसमा रहेको दुवै समितिभधकमार्फत खनेपानीका विभिन्न कार्यहरु सम्पन्न हुदैँ आएका छन् । तर केहि समितिका पदाधिकारी त्सबाट बच्नको लागि अर्को समितिलाई आरोप लगाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो