१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘एक्टरः टेक वान’को फर्स्ट लुकमा प्रदीपका पाँच लुक्स

६ भाद्र २०८१, बिहीबार ०९:१५

भदौ ६, काठमाडौं । फिल्म ‘एक्टरः टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् ।

पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् ।

यी मध्ये टाउको र अनुहारभरी चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उनको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लास्टर छ । जुन हात उनले काँधमा झुन्डाएका छन् । उभिनलाई बैसाखीको सहारा लिएका छन् । उसले उनी ठुलै दुर्घटना वा कुनै आक्रमणमा परेको सङ्केत गर्छ । यी मध्ये कुन लुकको क्यारेक्टरले फिल्ममा प्राथमिकता पाएको छ, त्यो भने प्रस्ट छैन ।

कात्तिक १५ गते रिलिज हुने फिल्ममा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा छिन् । राजन भुसालको निर्देशन रहेको फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायत रहेका छन् । राज वल्लभको यो कमब्याक फिल्म हो ।

अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । थमन कुमारी भण्डारी फिल्मका निर्माता हुन् । पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् ।अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री छन्।

फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुन् ।  ट्राइडेन कन्सेप्टको पब्लिसिटी तथा पोस्टर डिजाइनमा रोयल भिमसेन र सुजन श्रेष्ठ छन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको फिल्ममा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा सह निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन् । फिल्ममा काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नवीन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार