१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

९ भाद्र २०८१, आईतवार ०७:२५

भदौ ९, काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् ।

हालै उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिनेर अहिले चर्चामा आएकी छन्  ।

मोदीलाई उछिनेसँगै  श्रद्धा अब इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन् । श्रद्धा कपुरका इन्स्टाग्राममा ९२ मिलियन  फलोअर्स पुगेका छन् । जबकी प्रियंका चोपडाका ९१.८ मिलियन फलोअर्स रहेका छन् ।


अहिलेसम्म प्रियंका चोपडा यस मामिलामा बलिउड स्टारहरूमा सबैभन्दा अगाडी रहेकी थिइन् । तर अहिले श्रद्धाले उनलाई पछि पार्दै पहिलो नम्बरमा आफ्नो स्थान बनाएकी छिन् । अब श्रद्धाभन्दा बढी क्रिकेटर विराट कोहलीका इन्स्टाग्राममा सबैभन्दा फलोअर्स रहेका छन् । विराटका इन्स्टाग्राममा २७० मिलियन फलोअर्स रहेका छन् । विराट इन्स्टाग्राममा सबै भन्दा बढी फलोअर्स भएका भारतीय हुन् ।

रिपोर्टका अनुसार फिल्म स्त्री-२ रिलिज हुनुअघि श्रद्धा कपुरका इन्स्टाग्राममा करिब ९० मिलियन फलोअर्स थिए । तर फिल्म हलमा रिलिज भयो र दर्शकको अपार समर्थन पायो । फिल्मले बक्स अफिसमा मात्र सफलता हासिल गरिरहेको छैन, अभिनेत्री श्रद्धाका फलोअर्स समेत बढेका छन् । 

स्त्री-२ ले भारतीय बक्स अफिसमा मात्र ३६० करोड कमाई गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार